शुक्रबार, फाल्गुन ९,२०८१ 09:12:27
IME remit
  • शुक्रबार, फाल्गुन ९,२०८१ 09:12:27
IME remit
Global IME Bank Limited

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारमाथि विभागको एक्सन, रु. ७.१६ करोड राजस्व संकलन

Hyundai Nepal
नापतौलमा ठगी गर्ने १९ हजार व्यापारमाथि विभागको एक्सन, रु. ७.१६ करोड राजस्व संकलन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ जना व्यापारीलाई कारबाही गरेको छ। 

विभागले आर्थिक वर्ष २०७९–८० को अवधिमा ठगी गरेको आरोपमा ती व्यापारीलाई कारबाही गरेको हो। विभागका महानिर्देशक दिनानाथ मिश्रका अनुसार पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले विभागले विशेष निगरानी बढाएको छ। ‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको पाइएको छ’, उनल भने। 

 

विभागले समयमा अनुमतिपत्र नलिएका, जाँच नगराएका, नामसारी नगराएका र नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो। सबैभन्दा धेरै काठमाण्डौ कार्यालयले कारबाही गरेको छ। काठमाडौं कार्यालयले काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ। 

गत आर्थिक वर्षमा काठमाण्डौमा मात्र ११ हजार ४९१ व्यापारी कारबाहीमा परेका छन्। यस्तै पोखरामा २ हजार १८९, बुटवलमा १ हजार २४४, नेपालगन्जमा १ हजार ४७९, सुर्खेतमा ५०१ तथा धनगढीमा १ हजार २६ व्यापारी कारबाहीमा परेका छन्। सिलगढीमा २०२, वीरगन्जमा १ हजार ४३६, जनकपुरमा ७२५, विराटनगरमा २ हजार ४०६ र झापामा १ हजार ३३४ व्यापारी कारबाही गरिएको विभागकी प्रवक्ता ज्योति जोशी भट्टले जानकारी दिइन्। गुणस्तर र नापतौलका नाममा उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने उनले बताइन्। ‘जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाही तीव्र पारेका छौँ’, उलने भनिन्।

नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने भट्टको भनाइ छ। 

विभागले देशभर नापतौलका लागि नयाँ इजाजत तथा प्रमाणपत्र दिने, इजाजत नलिएका व्यापारीलाई कारबाही गर्ने, ट्याक्सीको जाँच गर्नेलगायतका कामबाट सात करोड १६ लाख राजस्व संकलन गरेको छ।

- RSS

Shivam Cement
CG Motors
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
नापतौलमा ठगी गर्ने १९ हजार व्यापारमाथि विभागको एक्सन, रु. ७.१६ करोड राजस्व संकलन

सरस्वती कटुवाल

 

Bizshala.com, operated by SOS Media Pvt. Ltd. is established in nepalese news industry as a pioneer of online business, economic and financial news. Bizshala principally covers news regarding economic activity, financial statuatus, fluctuation, share market, currency, corporate, automobile industry and every other activities directly or indirectly related to economy. Dedicated to economic awareness and excellence.

IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.