आईतवार, बैशाख ७,२०८२ 09:53:45
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 09:53:45
IME remit
Global IME Bank Limited

अन्तरिक्षमा फसेका यात्रुलाई एलन मस्कको कम्पनीले ८ महिनापछि पृथ्वीमा फिर्ता ल्याउने

Hyundai Nepal
अन्तरिक्षमा फसेका यात्रुलाई एलन मस्कको कम्पनीले ८ महिनापछि पृथ्वीमा फिर्ता ल्याउने
Nabil Bank Limited

काठमाण्डौ। गत जुन महिनाको सुरुआतमा अन्तरिक्षमा पठाइएका नासाका दुई अन्तरिक्षयात्री सुनिता विलियम्स र बेरी विल्मोर पृथ्वीबाट करिब ३२० किलोमिटर टाढा अवस्थित इन्टरनेशनल स्पेस स्टेशनमा फसेका छन्। दुई महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका उनीहरू स्पेसएक्सको साथ फेब्रुअरी २०२५ मा पृथ्वीमा फर्किने नासाले जनाएको छ।

शनिबार पत्रकार सम्मेलनमा बोल्दै नासाका प्रशासक बिल नेल्सनले अन्तरिक्ष यानमा कस्ता सुधार गर्नुपर्ने कुरा बुझ्न नासासँग मिलेर काम गरिरहेको बताए। दुवै यात्री बोइङ स्टारलाइनर विमानबाट अन्ताराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा गएका थिए। अब उनीहरू बिनाचालकदल फर्कने नासाले जनाएको छ।

Shivam Cement
Bizshala
CG Motors

६१ वर्षका विल्मोर र ५८ वर्षीया सुनिताले गत जुनमा अन्तरिक्ष स्टेशनका लागि उडान भरेका थिए। ८ दिनको मिसनमा गएका उनीहरूले अन्तरिक्ष कक्षमा ८ महिना बिताउनुपर्ने बताइएको छ।

८ दिनपछि उनीहरूलाई पृथ्वीमा लिएर फर्कने योजनानुसार लागि उडान भरेको स्टारलाइनरमा आइएसएसको नजिक पुगेपछि थप खराबी आयो र यानलाई दिशा दिने त्यसका पाँचवटा थ्रस्टर बन्द भए। हिलियम ग्यास पनि सकिएपछि उक्त यान इन्धनमा निर्भर हुनुपर्‍यो।

नासाले आफ्ना अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा लिएर जान कमर्सियल फ्लाइटका लागि बोइङलाई ४.२ डलर र स्पेस एक्सलाई २.६ अरब डलरको कन्ट्र्याक्ट दिएको छ। 

अहिलेसम्म स्पेसएक्सले अन्तरिक्षमा मानवयुक्त नौ उडान सफलतापूर्वक गरेको छ। बोइङको भने यो पहिलो मानवयुक्त मिसन हो।

बोइङ  र नासाका इन्जिनियरहरूले स्टारलाइनर अन्तरिक्ष यानमा देखिएको प्राविधिक समस्या बुझ्न लामो समय लगाइसकेका छन्। उनीहरूले अन्तरिक्ष र धर्तीमा कैयौं परीक्षण गरिसकेका छन्। 

नासाका एडमिनिस्ट्रेटर बिल नेल्सनले सुनिता र विल्मोरलाई लिएर गएको यानमा सुधार गर्न नासा र बोइङले मिलेर काम गरिरहेको बताएका छन्।

दुई अन्तरिक्षयात्रीको अन्तरिक्ष स्टेशन बसाइको समय फेब्रुअरी २०२५ सम्म बढाउने फैसला लिइएको बताइएको छ। उनीहरूलाई स्पेसएक्स क्रु ड्र्यागन स्पेसक्राफ्टबाट फिर्ता लेराउने तयारी गरिएको छ। 

यस स्पेसएक्समा सुरुमा चारजना अन्तरिक्षयात्री जाने तय गरिएकोमा सुनिता र विल्मोरका लागि ठाउँ राख्न अब अन्तरिक्ष स्टेशनसम्म दुई यात्री मात्र जाने भएका छन्। 

सेप्टेम्बरको अन्त्यमा उडान निर्धारण गरिएको यो यान २०२५ फेब्रुअरीमा फर्कँदा सुनिता र विल्मोरलाई लिएर आउनेछ। 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.