बिहीबार, श्रावण २८,२०८३ 01:42:24
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:42:24
Bizshala
Global IME Bank Limited

वर्कशायर हाथवे १ ट्रिलियन डलर क्लबमा प्रवेश

Prabhu Bank Limited
वर्कशायर हाथवे १ ट्रिलियन डलर क्लबमा प्रवेश
New Office

काठमाण्डौ । दिग्गज अमेरिकी सेयर लगानीकर्ता वारेन बफेटको कम्पनी, बर्कशायर हाथवे अमेरिकाको १ ट्रिलियन डलर क्लबमा प्रवेश गरेको छ ।  

हाथवेको बजार पूँजीकरण पहिलोपटक १ ट्रिलियन डलर पुगेको हो । यससँगै हाथवे १ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने पहिलो गैर प्राविधिक कम्पनी बनेको छ ।  

अहिले अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा एप्पल र माइक्रोसफट् रहेका छन् । यी दुवै कम्पनीको बजार पूँजीकरण ३ ट्रिलियन डलरभन्दा बढी छ । यस्तै अन्य कम्पनीहरु एनभिडिया,अल्फाबेट, अमेजन र मेटाको बजार पूँजीकरण पनि १ ट्रिलियन डलरभन्दा बढी छ ।  

यी कम्पनीहरु मध्ये माइक्रोसफ्ट सबैभन्दा पुरानो हो । जसको स्थापना सन् १९७५ मा भएको थियो । बर्कशायर हाथवेको स्थापना भने एउटा टेक्सटाइल उत्पादक कम्पनीको रुपमा सन् १८३९ मा भएको थियो । हाथवेका वर्तमान सीईओ वारेन बफेटले सन् १९६५ मा कम्पनीको बहुमत स्वामित्व लिएका थिए ।  

बफेटले केही महिनापहिले लगानीकर्तालाई लेखेको वार्षिक पत्रमा सेयरमूल्यले उडान भर्ने विषय अब कथा बन्ने बताएका थिए । तर फेब्रअुरी महिनामा उनको यस्तो पत्रपश्चात कम्पनीको सेयरमुल्य १४ प्रतिशतले बढिसकेको छ ।  

विगत केही महिनादेखि कम्पनीले बिक्री बढाएको छ । हाथवेले गत त्रैमासमा एप्पलमा आफ्नो स्वामित्व ५० प्रतिशतले घटाएको छ ।  

यस्तै गत मंगलबार कम्पनीले बैंक अफ अमेरिकाको १ अर्ब डलर मूल्यबराबरको २५ लाख कित्ता सेयर बिक्री गरेको जनाएको थियो ।  

यद्यपी कम्पनीले केही नयाँ खरिद पनि गरिरहेको छ । हालै मात्रै कम्पनीले कस्मेटिक स्टोर चेन,अल्ट्रा ब्युटी र विमानको पार्टपुर्जा बनाउने कम्पनी हेईकोको सेयर खरिद गरेको छ ।  

अमेरिकन एक्सप्रेसमा हाथवेको हिस्सा २१.३ प्रतिशत, कोका–कोलामा ९.३ प्रतिशत,चेभ्रोनमा ६.५ प्रतिशत रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.