बिहीबार, कार्तिक ८,२०८१ 06:05:02
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 06:05:02
IME remit
Global IME Bank Limited

प्रहरी महानिरीक्षकको जिब्रो थुत्नु पर्ने अभिव्यक्ति दिएका सञ्चारमन्त्रीलाई कारबाहीको माग

Hyundai Nepal
प्रहरी महानिरीक्षकको जिब्रो थुत्नु पर्ने अभिव्यक्ति दिएका सञ्चारमन्त्रीलाई कारबाहीको माग
Nabil Bank Limited

काठमाण्डौ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाहीको माग गरिएको छ । नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको  संगठन ‘पूर्व प्रहरी संगठन प्रमुख मञ्चुले’  गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् ।  

मञ्चले विज्ञप्ति जारी गर्दै मन्त्री गुरूङलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन भनेको छ ।

मन्त्री गुरुङले गत शनिबार पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षकको ‘जिभ्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।

Bizshala
Shivam Cement
CG Motors

‘नेपाल सरकारका प्रवक्तासमेत रहेका माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङबाट आम नागरिकले समेत बुझेको अभिव्यक्तिको स्वतन्त्रताको बर्खिलाप हने गरी सार्वजनिक कार्यक्रममा एक विशिष्ट श्रेणीका राष्ट्र सेवक नेपाल प्रहरीका प्रहरी महानिरीक्षकको जिब्रो थुत्नु पर्ने जस्ता शब्दहरुको प्रयोग गर्नु यस मञ्चको गम्भीर ध्यान आकर्षण भएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

पदीय हैसियतमा मन्त्रीसँग सबैले शालिन, सुसँस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुने तर यसको विपरित गुरुङले प्रहरी महानिरीक्षक विरुद्ध प्रयोग गरेको अमर्यादित र अशोभनीय शब्दावलीले मनत्रीको राजनीतिक कद घटाएको विज्ञपतीमा भनिएको छ ।  

विज्ञप्तीमा भनिएको छ, ‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौँ । अन्तमा, नेपाल प्रहरी संगठन प्रमुख तथा सकल सुरक्षाकर्मीहरुलाई यस्ता प्रसंगमा अविचलित रही राष्ट्र र आम नागरिकको सेवामा अविछिन्न लागि रहन यस मञ्च ऐक्यबद्दतासहित अपील गर्दछ । ’ 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.