बिहीबार, असार १२,२०८२ 01:01:27
  • बिहीबार, असार १२,२०८२ 01:01:27
Global IME Bank Limited

युनिलिभरले १.६ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने, ४% ले बढ्यो सेयरमूल्य

Hyundai Nepal
युनिलिभरले १.६ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने, ४% ले बढ्यो सेयरमूल्य
Nabil Bank Limited

काठमाण्डौ । बहुराष्ट्रिय कम्पनी युनिलिभरले १.६ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने भएको छ । पछिल्लो १० त्रैमासमा पहिलोपटक व्यापारको आकार बढेसँगै कम्पनीले सेयर बाईब्याकको योजना सार्वजनिक गरेको हो ।  

‘हाम्रो प्रतिष्पर्धा क्षमता सन्तोषजनक छैन र समग्र अवस्था सुधार गर्नुपर्ने देखिन्छ ।’ कम्पनीका सीईओ हिन स्कुमाचरले भने । कम्पनीको उच्च व्यवसायलाई स्थिर राख्न आवश्यक कदमहरु चाल्ने उनले बताए ।  

युनिलिभरको सेयरमूल्य बिहिबार ४ प्रतिशतले बढेको छ । यो वृद्धि गत अक्टोबर महिना पछिकै सबैभन्दा धेरै हो । गत वर्ष कम्पनीको सेयरमूल्य २ प्रतिशतले घटेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कोरोना महामारीका कारण उपभोग्य सामाग्री निर्माण गर्ने उद्योगहरु सबैभन्दा धेरै प्रभावित बनेका छन् । सुर्यमुखि तेल देखि लिएर ढुवानी,प्याकेजिङ तथा कच्चा पदार्थको मूल्य बढेको छ । जसको प्रत्यक्ष असर कम्पनीहरुको नाफामा परेको छ ।  

रुसले युक्रेनमाथि सुरु गरेको आक्रमणपछि अवस्था झनै खराब बनेको छ । तर केहि कम्पनीहरुले मूल्य घटाउँदै बिक्रेताहरुलाई पुनरागमन गराउने प्रयास गरेका छन् ।  

मूल्य बढेका कारण पछिल्लो एक वर्षको अवधिमा युनिलिभरको बजार हिस्सा घटेर ३७ प्रतिशतमा सीमित भएको छ। यसले उपभोक्ताहरुको खर्च गर्ने बानीमा समेत परिवर्तन ल्याएको छ ।  विश्लेषक तथा लगानीकर्ताहरुले युनिलिभर र अन्य ठूला उपभोक्ता कम्पनीहरुलाई गुमेको बजार हिस्सामा पुनरागमन गर्न कठिन हुने बताईरहेका छन् ।  

युनिलिभरले यस वर्ष कम्पनीको बिक्री ३ देखि ५ प्रतिशतको बीचमा रहने अनुमान गरेको छ । चौथौ त्रैमाससम्म कम्पनीको मूल्यवृद्धि २.८ प्रतिशत र कारोबार १.८ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि सन् २०२१ को दोस्रो त्रैमासपछि कै पहिलो हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.