काठमाण्डौ । बझाङ विमानस्थलमा पुनः उडान सुरु भएको छ । विगत ५ महिनादेखि उडान बन्द रहेको बझाङको देवल विमानस्थलमा आजदेखि पुनः उडान सुचार भएको हो ।
आज समिट एयरको जहाजले विमानस्थालमा ५ महिनापछि उडान गरेको छ।
समिट एयरको विमान सोमबार दिउँसो साढे १२ बजे अवतरण भएको हो । कम्पनीले गत चैतदेखि उडान रोकेको थियो । त्यसअघि दुई वर्षदेखि कम्पनीले सातामा २ दिन उडान गर्दै आएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।