मंगलवार, माघ २२,२०८१ 10:35:11
IME remit
  • मंगलवार, माघ २२,२०८१ 10:35:11
IME remit
Global IME Bank Limited

एफएनसीसीआई कोशीको कृषि एक्स्पो सुरु

Hyundai Nepal
एफएनसीसीआई कोशीको कृषि एक्स्पो सुरु
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा कृषि एक्स्पो शुरु भएको छ । विराटनगर नजिकैको कृषि थोक बजार परिसरमा बिहीबारदेखि चार दिने एक्स्पो सुरु भएको हो ।  

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन ।

Bizshala
CG Motors
Sagarmatha Cement

मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँमा ल्याई कृषि उत्पादन बढाउनका साथै यान्त्रीकरण गर्न एक्स्पो कोषेढुंगा साबित हुने बताए । उनले भने ‘लगानीको सुनिश्चिता र कृषि आधुनिकीकरणका लागि यस्ता अवसर सहयोगी हुन्छन् । प्रदेश सरकारले कोशी प्रदेशलाई कृषि हबको रुपमा विकास गर्नसमेत कार्ययोजना अघि बढाएको छ ।’ कार्कीले कोशी प्रदेशमा भौगोलिक अवस्थितिअनुसार कृषि क्षेत्रको विकासका लागि सरकारले काम गरिरहेको बताए । किसानका लागि बैंक ब्याजमा अनुदान, यान्त्रीकरणमा सहयोग र कृषि उद्योग संचालनमा सहयोग गरिरहेको सुनाए ।

संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिको व्यावसासायीकरणका लागि रणनीतिक महत्वका साथ अघि बढ्नु पर्ने बताए । ‘सरकारले लगानी दशक र कृषि दशकलाई एकसाथ अघि बढाई निजीक्षेत्रलाई कृषि उद्यममा जोड्न काम गरिहेको छ,’उनले भने,‘कृषिमा निजी क्षेत्रको उचित लगानी हुन नसक्दा आधुनिक ढंगको कृषि प्रणालीको विकास हुन सकेको छैन । सरकार निजीक्षेत्रसँग मिलेर काम गर्न तयार छ ।’

उनले सातवटै प्रदेश र सबै स्थानीय तहमा लगानी क्षेत्र पहिचान गरी बजेट पठाउने काम भएको बताए । दूग्धजन्य पदार्थको उत्पादन तथा बजारीकरणका निम्ति विविधीकरण गर्न आवश्य रहेको सुनाए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै किसान र उद्यमीलाई एउटै मन्चमा ल्याउने उद्देश्यसाथ एक्सपो आयोजना गरिएको बताए । उनले भने,‘कृषिको विकाससँगै आयातमुखी अवस्थालाई परिवर्तन गर्दै निर्यातजन्य कृषि उपजको उत्पादनमा टेवा दिनु हाम्रो उद्देश्य हो ।’ राउतले किसान, उद्यमी, लगानीकर्तासहितको उपस्थिति रहेको एक्स्पो देशमै उदाहरणीय भएको सुनाए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कृषिमा निजी क्षेत्रको प्रवेश र लगानी सुनिश्चिताको काम हुन सके नेपालले चाँडै यस क्षेत्रमा फड्को मार्ने बताए । हरेक वर्ष हुने कृषिजन्य र खाद्यान्न बस्तुको बढ्दो आयात चिन्ताको विषय भएको बताए । महासंघीकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले भौगोलिक अवस्थिति र विविधतायुक्त हावापानीका कारण नेपालले कृषि क्षेत्रमा राम्रो प्रगति गर्न सक्ने बताइन । उनले भनिन्,‘कोसी प्रदेश त कषिका लागि अझ धेरै उर्वर भूमि हो ।’ कार्यक्रममा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठलगायतले सार्वजनिक र निजी क्षेत्रबीचको समन्वयमा सरकारको बलियो सहभागितामा कृषिक्षेत्रले उन्नति गर्न सक्ने बताइन । परियोजनाले विगत चार वर्षदेखि कोशी प्रदेशका काम गरिरहेको उनको भनाइ थियो ।

आइतबारसम्म चल्ने कृषि एक्स्पोमा नेपाल र भारतका गरी १ सय ३० वटा स्टल रहेका छन् । जुम्लाको मार्सी चामलदेखि विभिन्न प्रकारको दाल र स्याउ, झापाको गाउँले अचार र नमुना अचार, पाँचथरको काँकरा र किबीको जुस लगायतका कृषि सामग्री बिक्री भइरहेका छन् ।

नेपाल र भारतका १५ जना कृषि विज्ञहरू कृषि एक्स्पोमा सहभागिता जनाएका छन् । र उनीहरु कृषि उत्पादनका बारेमा किसानसँग संवाद र छलफल गर्नेछन् । नेपाल उद्योग वाणिज्य कोशीले हरेक वर्ष कृषि एक्स्पोलाई निरन्तरता दिने घोषणा जनाएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.