बिहीबार, आश्विन १,२०८३ 07:38:38
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 07:38:38
Bizshala
Global IME Bank Limited

मातृभूमि लघुवित्तको २ दिने राष्ट्रिय सम्मेलन सम्पन्न, ३४ जना कर्मचारीलाई नगद पुरस्कार

मातृभूमि लघुवित्तको २ दिने राष्ट्रिय सम्मेलन सम्पन्न, ३४ जना कर्मचारीलाई नगद पुरस्कार
New Office

काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले २ दिने राष्ट्रिय सम्मेलन सम्पन्न

सम्पन्न गरेको छ । संस्थाले भदौ ३० र ३१ गते …Unveiling The Vision: A Transformative Journey With Quality Assurance  नामक राष्ट्रियस्तरको सम्मेलन तिलोत्तमा रुपन्देहीमा सम्पन्न गरेको हो ।  

दुई दिने उक्त सम्मलेलनमा संस्थाको सञ्चालक समितिका अध्यक्ष, सञ्चालकहरु, उच्च व्यवस्थापन, विभागीय प्रमुख, अनुगमन प्रमुख तथा देशभरीकै २३६ वटा शाखाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । सम्मेलनको समुद्घाटन संस्थाका अध्यक्ष लोकराज शर्माले गरेका थिए ।  

Shivam Cement
Bizshala
CG Motors

कार्यक्रमको समुदघाटन गर्दै संस्थाका अध्यक्ष लोकराज शर्माले मर्जर पश्चात संस्था देशकै ठूलो लघुवित्त संस्थाहरु मध्येको एक बन्न पुगेका र आगामी दिनमा संस्था देशकै पृथक, अग्रेणी एवं अब्बल बन्ने विश्वास व्यक्त गरे ।  

 उक्त सम्मेलनमा संस्थाका व्यवसायका विभिन्न सूचकहरुमा उत्कृष्ठ कार्य सम्पादन गर्ने ३४ जना कर्मचारीहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृतले संस्थाको आगामी यात्राको भिजन पेपर प्रस्तुतिकरण गरेका थिए ।  

साविकको किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र साविकको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट २०८१ असार २७ गतेदेखि एकिकृत वित्तीय कारोवार शुभारम्भ गरेको थियो । मर्ज पछि साविकका संस्थाहरुमा कार्यरत कर्मचारीहरुबीच एकआपसमा चिनजान एवं घुलमिल गराउन, कर्मचारीको हौसला बढाउन, काम गर्ने तौरतरिकामा एकरुपता कायम गर्दै द्विविधाहरुलाई समाधान गर्न र साविकका दुई संस्थाको संस्थागत संस्कृतिलाई मिश्रण गर्ने उद्देश्यले उक्त बृहत सम्मेलनको आयोजना गरिएको संस्थाले जनाएको छ । सम्मेलनमा २५ बुँदे प्रतिवद्धता पत्रजारी गरिएको थियो । उक्त कार्यक्रम संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्काले सञ्चालन गरेका थिए ।  

Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापुँजी ६२ करोड ८३ लाख ५७ हजार पुगेको छ । कम्पनीले निकट भविष्यमा नै ११ करोड ४९ लाख ९८ हजार रुपैयाँबराबरको थप सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । सो पश्चात कम्पनीको चुक्तापूँजी ७४ करोड ३३ लाख ५५ हजार पुग्नेछ ।  

 लम्कीचुहा नगरपालिका–४ बलिया, कैलालीमा केन्द्रीय कार्यालय रहेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्पोट कार्यालय, बुढानिलकण्ठ, काठमाडौमा रहेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.