काठमाण्डौ । सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो २ महिनामा १ खर्ब बढी राजश्व संकलन गरेको छ । गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सरकारले २ महिनामा १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन गरेको हो ।
सरकारले गरेको यो राजश्व संकलन लक्ष्यको ११.५२ प्रतिशत हो । चालू आवमा सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।
यो अवधिमा सरकारले करमार्फत १ खर्ब ४५ अर्ब १९ करोड , गैरकरमार्फत २१ अर्ब १९ करोड रुपैयाँ र अन्य माध्यमबाट ३ अर्ब १३ करोड रुपैयाँ राजश्व उठाएको छ ।
समीक्षा अवधिमा सरकारको खर्च १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ देखिएको छ ।