शनिबार, असार १४,२०८२ 09:21:00
  • शनिबार, असार १४,२०८२ 09:21:00
Global IME Bank Limited

सामलिङ्ग पावरको नाफामा ३१.८४% को गिरावट,विद्युत बिक्री आम्दानी र ईपीएसमा पनि कमी

Hyundai Nepal
सामलिङ्ग पावरको नाफामा ३१.८४% को गिरावट,विद्युत बिक्री आम्दानी र ईपीएसमा पनि कमी
Nabil Bank Limited

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३१.८४ प्रतिशतले कम हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २ करोड १ लाख रुपैयाँ थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाटको आम्दानी १५ करोड ६८ लाख रुपैयाँ रहेको छ । जुन  गत आवको तुलनामा ६.६२ प्रतिशतले कम हो । अघिल्लो आवको पुस मसान्तसम्म कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ६२ लाख रुपैयाँ कमाएको थियो । कम्पनीकोे वित्त आम्दानी २६ हजार ९५९ रुपैयाँ मात्रै रहेको छ ।  

कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ७१ लाख ३७ हजारबाट घटेर २० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको रिजर्भ कोषको आकार २०.९९ प्रतिशतले घटेर ७ करोड ७८ लाख रुपैयाँ कायम भएको छ ।  

कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँबराबरको कर्जा लिएको छ भने नगद मौज्जाद ३ करोड १३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर अम्दानी ४.९६ रुपैयाँबाट घटेर ३.९७ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ११५.५८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२६.०९ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.