सामलिङ्ग पावरले हकप्रद निष्कासन गर्ने, सातौं साधारण सभाबाट प्रस्ताव पारित गरिने
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।कम्पनीले पुस २९ गते आयोजना हुने साधारण सभाबाट उक्त हकप्रद निष्कासनको प्रस्ताव पारित गर्ने छ । कम्पनीको सातौं वार्षिक साधारण सभा ललिपुरको कुपण्डोलमा रहेको कुपण्डोल ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

