काठमाण्डौ । सामलिङ पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ४ करोड ३४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड १७ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब ९९.६ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी पनि बढेको छ। पहिलो त्रैमासमा कम्पनीले ९ करोड २९ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ७ करोड ८४ लाख १९ हजार रुपैयाँ थियो।
कम्पनीको कुल नाफा ६ करोड ८० लाख ७८ हजार रुपैयाँबाट बढेर ८ करोड ६२ लाख १० हजार रुपैयाँ पुगेको छ।
सञ्चालन नाफा पनि ४ करोड ५८ लाख ६० हजार रुपैयाँबाट बढेर ६ करोड ४३ लाख ७३ हजार रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीको वित्तीय लागत २ करोड ८ लाख ८३ हजार रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा वित्तीय लागत २ करोड ४० लाख ७४ हजार रुपैयाँ थियो।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २ अर्ब १४ करोड ८३ लाख रुपैयाँ रहेको छ भने कुल इक्विटी ५९ करोड ३३ लाख रुपैयाँ छ।
कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ८.४९ रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४.३२ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ ११८.६६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.२५ गुणा रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।