काठमाण्डौ । आम्दानी घटेसँगै सामलिङ्ग पावर कम्पनी लिमिटेडको नाफामा कमी आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको तुलनामा १७.३८ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा १ करोड ३७ लाख रहेको थियो ।
कम्पनीको वित्त खर्च ६ करोड ४४ लाख र प्रशासनिक र अन्य सञ्चालन खर्च ५४ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ छ । कम्पनीको रिजर्भको आकार ५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ७१ लाख र कुल चालु दायित्व ११ करोड १३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.५७ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ११०.६५ रुपैयाँ,मूल्य आम्दानी अनुपात ११२.८८ गुणा र तरलता अनुपात ०.८७ प्रतिशत कायम भएको छ ।