काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले एसबिआई मर्चेन्टलाई माघ २१ गते हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
यस विषयमा दुवै कम्पनीबीच सम्झौता समेत सम्पन्न भएको छ ।
कम्पनीले चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्न लागेको हो । गत पुस २९ गते सम्पन्न भएको कम्पनीको सातौं वार्षिक साधारण सभाबाट उक्त हकप्रद निष्कासनको प्रस्ताव पारित समेत भईसकेको छ ।

