काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडलेको लक इन समयावधि आगामी कात्तिकमा समाप्त हुने भएको छ । कम्पनीको ४२ करोड कित्ता बढी सेयरको लक इन अवधि कात्तिक १५ गते समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।
कम्पनीको ३७ लाख ७० हजार कित्ता संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिान्दाका लागि जारी गरीएको ५ लाख कित्ता र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरिएको १४ हजार ६ सय कित्ता गरी कुल ४२ लाख ८४ हजार ६०० हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।
कम्पनीले २०७८ भदौ १८ गतेदेखि असोज १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई निष्काशन तथा बिक्री खुल्ला गरी २०७८ असोज २० गते बाँडफाँड गरिएको र बाँकी साधारण सेयरहरु २०७८ कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा (कर्मचारीहरू समेतमा) निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । उक्त सेयर २०७८ कात्तिक १६ गते बाँडफाँड गरिएको थियो । धितोपत्र दर्ता तथा निष्काशन नियमावलीअनुसार प्राथमिक सार्वजनिक निष्काशन भएको सेयरहरु बाँडफाँड भएको मितिले तीन वर्षको अवधिसम्म कर्मचारीहरूलाई बाँडफाँड गरिएको सेयरहरु, आयोजना प्रभावित क्षेत्रका गरिएको सेयरहरु र संस्थापक समूहको सेयर बिक्री गर्न नपाईने व्यवस्था रहेको छ ।