काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको सामलिङ्ग पावर कम्पनी लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३८ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ७१ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले यो अवधिमा विद्युत बिक्रीमार्फत २२ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.३० प्रतिशतले कम हो ।
यस्तै कम्पनीले ३ लाख ८२ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको वित्त खर्च १० करोड ८७ लाख र प्रशासनिक र अन्य सञ्चालन खर्च १ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ छ । अघिल्लो आवमा भने कम्पनीको वित्त खर्च १७ करोड ४७ लाख र प्रशासनिक र अन्य सञ्चालन खर्च १ करोड ५९ लाख रुपैयाँ थियो ।
कम्पनीको रिजर्भको आकार ३ करोड ९२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको कुल चालु सम्पत्ति ११ करोड ३० लाख र कुल चालु दायित्व १५ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.७६ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १०७.८४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३०५.६९ गुणा र तरलता अनुपात ०.७१ प्रतिशत कायम भएको छ ।