मंगलवार, माघ १३,२०८२ 06:18:50
Bizshala
  • मंगलवार, माघ १३,२०८२ 06:18:50
Bizshala
Global IME Bank Limited
Bizshala

व्यवसाय बढाउन दीगो शैलीको रणनीति अपनाएका कारण सर्वाधिक नाफा कमाउने कम्पनी बनेको छः सीइओ अर्याल

व्यवसाय बढाउन दीगो शैलीको रणनीति अपनाएका कारण सर्वाधिक नाफा कमाउने कम्पनी बनेको छः सीइओ अर्याल
Shivam Cement

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजकुमार अर्यालले कम्पनीले दिगो प्रणालीमार्फत व्यवसाय बढाउने रणनीति लिएको बताएका छन् । कम्पनीको सातौं वार्षिकोत्सव तथा नयाँ बीमालेख सार्वजनिक कार्यक्रममा बोल्दै सीइओ अर्यालले व्यवसाय बढाउन दीगो शैलीको रणनीति लिने बताएका हुन् ।  

कम्पनीलाई अझ अगाडी पुर्याउन दीगो प्रणालीअनुसार काम गर्दै जाने उनले बताए । ‘सन नेपाल लाइफको मुख्य भिजन भनेको नै ग्राहकलाई सेवा दिनु हो, दीगो रुपमा काम गर्दै जाने र व्यवसाय समेत सस्टेनेबल ग्रोथ गर्ने कम्पनीको लक्ष्य छ’ उनले भने, ‘यसका लागि हामी नाफामुखी भन्दा बढी सेवामुखीमा केन्द्रीत हुनेछौं । ग्राहकको आवश्यकताअनुसार हामी नयाँ–नयाँ प्रडक्ट उत्पादन गर्न तत्पर छौं ।’

Bizshala
Garima Development Bank
New Office

कम्पनीले व्यवसाय बढाउन दीगो शैलीको रणनीति लिएका कारण नै आज सर्वाधिक नाफा कमाउने कम्पनी बनेको अर्यालको दाबी छ । ‘हामी आजसम्म आइपुग्दा सर्वाधिक नाफा कमाउने कम्पनी बनेका छौं तर हामी नाफा कमाउन भन्दा ग्राहकलाई सेवा दिन लागिपरेका छौं’ उनले भने, ‘बीमा कम्पनी सेवामूलक कम्पनी हुन्, आफ्ना ग्राहक तथा बीमितलाई सेवा दिन डगमगाउनु हुँदैन । नाफा भनेको व्यवसाय ग्रोथ हुँदै गएपछि स्वतः हुने कुरा हो ।’

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

साथै वार्षिकोत्वसको अवसरमा सन नेपाल लाइफले आगामी दिनमा बीमा साक्षरतामा बढाउनका लागि उल्लेख्य भूमिका निर्वाह गर्ने अर्यालले प्रतिबद्धता व्यक्त गरेका छन् । ‘नेपालमा बीमा तथा वित्तीय साक्षरता एकदमै कम रहेको महसुस भएको छ, यसका लागि कम्पनीले आगामी दिनमा साक्षरता बढाउने खालका कार्यक्रमहरु गर्नेछ’ उनले भने, ‘बीमा नगर्नेहरु धेरै छन् तर गर्नेहरुमा पनि बीमा दायित्व हो भन्ने भ्रम धेरै छ । बीमा सम्पत्ति हो भन्ने बुझाई सिक्नु जरुरी छ, यसका लागि कम्पनीले बीमा सम्बन्धी साक्षरता कार्यक्रम सञ्चालन गरी विशेष भूमिका खेल्नेछ ।’

सातौं वर्षसम्म आइपुग्दा कम्पनीले व्यवसायमा उल्लेख्य ग्रोथ गरेको उनको दाबी छ । ‘हामी भ्यालु ओरियन्टेडमा विश्वास गर्छौै । दीर्घकालिन रणनीतिका साथ अगाढी बढीरहेका छौं र आगामी दिनमा पनि यसरी नै बढ्नेछौं’ उनले भने, ‘आजसम्म आइपुग्दा हामीले जोखिम घटाउन सक्यौं र आगामी दिनमा पनि मानव कल्याणको पार्टमा काम गर्नैछौं । सबैको साथ र सहयोग पाउने हो भने हामी केही वर्षमा जीवन बीमक उद्योगको लक्ष्यमा पुग्न सक्छौं ।  

कम्पनीले मिडिया सहजीकरणका लागि अब त्रैमासिक रुपमा बुलेटिन समेत प्रकाशन गर्ने सीइओ अर्यालले घोषणा गरे ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

युवराज सफल पक्राउ

43 मिनेट अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.