शनिबार, जेष्ठ २,२०८३ 11:58:14
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:58:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गण्डकी प्रदेशका अभिकर्तालाई नेशनल लाइफको सम्मान कार्यक्रम

Laxmi Sunrise Bank Limited
गण्डकी प्रदेशका अभिकर्तालाई नेशनल लाइफको सम्मान कार्यक्रम
Shivam Cement

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेडले पोखराको होटल ल्याण्डमार्कमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ जनाभन्दा बढी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवम् शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम गरेको हो । 

Bizshala
New Office
CG Motors

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको सम्मान कार्यक्रममा गण्डकी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने सो प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, दोश्रो र तेश्रो हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले गण्डकी प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । 

Garima Development Bank
Shivam Cement
IME remit

सो क्रममा उनले क्लब र नेशनल रत्नअन्तर्गत योग्यहुने अभिकर्ताहरुलाई प्रदेशस्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुरुप मधेश प्रदेशपछि गण्डकी प्रदेशमा सम्मान कार्यक्रम राखिएको र अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने प्रष्ट्याएका थिए । उनले कम्पनीले अभिकर्तामैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट २००० जनाभन्दा बढी अभिकर्ताहरु छनौट हुन सफल भएका जानकारी दिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.