बिहीबार, कार्तिक ८,२०८१ 02:28:35
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 02:28:35
IME remit
Global IME Bank Limited

हवाई भाडादर नियन्त्रण गर्न राज्य व्यवस्था समितिको निर्देशन

Hyundai Nepal
हवाई भाडादर नियन्त्रण गर्न राज्य व्यवस्था समितिको निर्देशन
Nabil Bank Limited

काठमाण्डौ । बाढीपहिरोबाट सडकमार्ग अवरुद्ध भएपछि वायुसेवा कम्पनीहरुले हवाईको भाडादर दोब्बर भन्दा बढी लिन थालेका छन् ।  

शुक्रबार बिहानदेखि अविरल परेको वर्षाका कारण काठमाण्डौ लयायत देशभरी बाढीपहिरोले सडकमार्ग ग्रस्त छ । यस्तो अवस्थामा वायुसेवा कम्पनीहरुले हवाई भाडादरमा सहुलियत दिनुको सट्टा बढाएर लुटतन्त्र मच्चाइरहेका छन् ।  

Bizshala
Shivam Cement
CG Motors

यसै सन्दर्भमा राज्य व्यवस्था तथा सुशासन समितिले भने सरकारसँग हवाई भाडादरमा नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आइतबार पत्र लेख्दै हवाई भाडादरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई आवश्यक निर्देशन दिन अनुरोध गरेको हो ।  

हाल देशको विभिन्न स्थानमा मनसुनी वर्षाले निम्त्याएको बाढी परिहोका कारण देशभरको जनजीवन प्रभावित भएको छ । यस्तो अवस्थामा सरकार र सरोकारवाला पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवार बनी प्रभावित जनतालाई सहयोग गर्नुपर्ने समितिले जनाएको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

हिन्दुहरुको महान चाड दशैंको मुखमा आएको यस विपत्तीले नेपाली जनतामा त्रासको वातावरण रहेको र देशका विभिन्न स्थानमा बाढी र पहिरोको असरले सडक यातायात अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको छ ।  

यस्तो विकराल तथा प्रतिकुल परिस्थितिमा आवतजावतको विकल्पको रुपमा रहेको हवाई यातायातमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरुले भने आफुखुशि हवाई भाडा बढाएपछि हवाई भाडा दरमा नियन्त्रण गर्न नागरिक उड्ययन मन्त्रालयमार्फत निर्देशन दिन सरकारलाई निर्देशन दिइएको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.