काठमाण्डौ । पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।
उक्त सडकखण्डमा वर्षासँगै आएको पहिरोका कारण ढुङ्गा खसेपछि सवारी आवागमन रोकिएको थियो । आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।