काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालक मणिदेव भट्टराईले पह बहाली गरेका छन् । भट्टराईले असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकमा अध्यक्ष रमेश कुमार निरौलाबाट सपथ ग्रहण गरी पद बहाली गरेका हुन् ।
उनलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा वर्तमान सञ्चालक समितिको बाँकी कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।