काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।
आज एक कार्यक्रमका बीच मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मा र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनिहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलमार्फत कात्तिक १ गते देखि उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।