शनिबार, फाल्गुन १०,२०८१ 09:33:26
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:33:26
IME remit
Global IME Bank Limited

नयाँ टीएमएसमा मोबाइल एपबाट कारोबार निकै सहज, यी ब्रोकरबाट छिट्टै आउने

Hyundai Nepal
नयाँ टीएमएसमा मोबाइल एपबाट कारोबार निकै सहज, यी ब्रोकरबाट छिट्टै आउने
Nabil Bank Limited

काठमाण्डौं । झण्डै ४ वर्ष पछिको रस्साकस्सी पछि ब्रोकरहरुको आफ्नै नयाँ टीएमएस अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम लञ्च भएको छ । हाल सेक्यूर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) बाट मात्रै यो लञ्च भएको छ । अर्थात यस ब्रोकरका ग्राहकले हाल नयाँ टीएमएस चलाउन पाएका छन् ।  

नयाँ भर्सनको टीएमएस डेक्सटपमा विभिन्न नयाँ फिचर्स रहेका छन् । जसमा मल्टिपल विन्डो खोल्न मिल्ने , बेचेको एक मिनेटमा नै कोल्याट्रल लोड हुने , आफ्नो सेयर र पोर्टफोलियो तुरुन्तै हेर्न मिल्ने तथा प्राविधिक चार्ट पनि हेर्न मिल्ने रहेको छ । यसमा आफ्नो लिमिट, बेच्न मिल्ने सेयर संख्या जस्ता सहज फिचर पनि समावेश छ । यस्तै कम्पनी फलोअप गर्न निकै सहज रहेको छ । यसमा आफूले किन्न तथा बेच्न चाहेको कम्पनीको भोल्युम तथा कारोबार, आधारभुत तथा प्राविधिक पक्ष सबै हेर्न अन्त जानु पर्दैन ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

डेक्सटपमा विभिन्न फिचर्सका साथै मोबाइल एपमा पनि कारोबार गर्न निकै सहज रहेको छ । सेक्यूर्ड सेक्यूरिटिजका सञ्चालक सन्तोष मैनालीले दिएको जानकारी अनुसार मोबाइल एपमा ग्राहकहरुले निकै राम्रो प्रतिक्रिया दिएको बताए । उनले भने, ‘डेक्सटप भर्जन प्राविधिक चार्ट नियालेर कारोबार गर्नेलाई सहज रहेको छ । मोबाइल एप भने युवादेखि बुढाबुढी सबैका लागि सहज छ । कुनै पनि व्यक्तिले आफ्नै मोबाइलमा एप डाउनलोड गरेर ११ बजेदेखि ३ बजेको कारोबारको समयमा सहज रुपमा कारोबार गर्न सक्छ । मोबाइल एपमा प्राविधिक चार्ट बाहेक सबै फिचर रहेको छ ।’  

यसले अब सरकारी कर्मचारी र अन्य बैंकका कर्मचारीहरुलाई पनि सहज हुने ब्रोकरमा भेटिएका एक लगानीकर्ताले बताए । ‘किनकी ती ठाँउहरुमा सरकारले डेक्सटप भर्जनमा टीएमएस नचल्ने बनाएको थियो । अब मोबाइल डेटा लिएर आफ्नै मोबाइल एपबाट कुनु पनि ठाँउबाट सेयर कारोबार गर्न कसैले रोक्न सक्ने अबस्था छैन,’ उनले भने ।  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने, ‘केही समय पहिले नेपाल सरकारले सिंहदरबार र अदालत परिसरमा सेयर कारोबारलाई रोक लगाएको थियो । अब ती ठाँउबाट सेयर कारोबार रोकिने छैन ।’  

हाल नयाँ टीएसमएस लिनको लागि डाइनामिक मनी म्यानेजर (स्टक ब्रोकर नम्बर ४४) त्रिशक्ति सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४८) , प्रज्ञान सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १०) र नेपाल  स्टक हाउस (ब्रोकर नम्बर १४) बाट छिट्टै आउने तयारीमा रहेको पनि मैनालीले जानकारी दिए ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.