आईतवार, श्रावण १०,२०८३ 01:07:00
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 01:07:00
Bizshala
Global IME Bank Limited

दशैंपछि खुलेको बजारले पहिलो दिन नै देखायो बुलिस संकेत(प्राविधिक विश्लेषण)

दशैंपछि खुलेको बजारले पहिलो दिन नै देखायो बुलिस संकेत(प्राविधिक विश्लेषण)
New Office

काठमाण्डौ । दशैंपछि खुलेको बजारमा आज बुलिस प्रकृतिको क्याण्डल बनेको छ । आजको क्याण्डललाई यसअघिका २ वटा क्याण्डलसँग मिलाएर हेर्दा नेप्सेमा मर्निङ स्टार बनेको देखिन्छ ।  

मर्निङ स्टार प्याटर्न बन्दा पहिलो क्याण्डल रातो, दोस्रो क्याण्डल अनिर्णयको र तेस्रो क्याण्डल बुलिस प्रकृतिको बन्ने गर्छ । यी तीनवटा क्याण्डललाई मिलाएर हेर्दा पछिल्लो पल्ट नेप्सेमा मर्निङ स्टार प्याटर्न बनेको देखिन्छ । यसले सम्भावित बजार बुलमा जानसक्ने संकेत गरेको रुपमा बुझिन्छ ।

 पछिल्लो पटक २४४०  बाट फर्केको बजारमा ९ वटा कारोबारमा ६ कारोबार बढेको छ भने ३ कारोबार घटेको छ । तर बजारमा पछिल्लो समय भने कारोबार रकम(भोलुम) भने खासै बढ्न सकेको छैन ।  

आज तीन अर्ब आसपास कारोबार हुनु भनेको निकै ड्राइअप हुनु हो । यसअघि असार १७ गते ३ अर्ब भोलुम आएपछि नै बजारले गति लिएको थियो । 

बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्यब्याण्ड माथि चलेको देखिन्छ । अब बजारले अपरब्याण्ड २७४२  आसपासमा प्रतिरोध सामना गर्नसक्छ भने घटेमा भने बजारले मध्यब्याण्ड अर्थात २६०० आसपासमा सपोर्ट लिनसक्छ ।

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।)  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.