आईतवार, फाल्गुन ११,२०८१ 08:53:39
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 08:53:39
IME remit
Global IME Bank Limited

खराब कर्जाको प्रभिजनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा प्रभावित, इपीएस रु. १७.१६

Hyundai Nepal
खराब कर्जाको प्रभिजनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा प्रभावित, इपीएस रु. १७.१६
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ४६ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशतले कम हो ।  

समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा २ अर्ब ५१ करोडले ऋणात्मक छ। 

Shivam Cement
CG Motors
Sagarmatha Cement

यस्तै, कम्पनीको अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब १८ करोड रहेको सञ्चालन नाफा घटेर २ अर्ब ९ करोडमा सीमित भएको छ भने खूद ब्याज आम्दानी पनि ६.८३ प्रतिशतले घटेर ४ अर्ब १६ करोडबाट ३ अर्ब ८७ करोड भएको छ ।  

अघिल्लो वर्षको तुलनामा रिजर्भको आकारलाई २.३७ प्रतिशतले बढाएको यो बैंकको खराब कर्जा बढ्दा र त्यसका लागि कमाएको नाफा प्रभिजन गर्नुपर्दा महत्वपूर्ण सूचकमा नकारात्मक प्रभाव देखिएको छ । प्रभिजनमा राखिएको पैसा लोनको रिकभरि भएपछि नाफाकै रुपमा आउने भएका कारण तत्कालका लागि मुख्य सूचकमा निराशाजनक अवस्था देखिए पनि भविष्यका लागि भने उति नराम्रो होइन । 

अघिल्लो वर्ष ४.८३ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर ५.८४ प्रतिशत पुगेको छ । यसकै कारण बैंकले अघिल्लो वर्षको तुलनामा इम्पेयरमेन्ट चार्जको रुपमा ५२.२१ प्रतिशतले बढाएर नाफा प्रभिजनमा राख्नुपरेको छ । जस्तो, अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा इम्पेयरमेन्ट चार्जको रुपमा ६४ करोड छुट्याएकोमा यो वर्ष ९७ करोड ५१ लाख बढी विनियोजन गर्नुपरेको छ ।  

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १७.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८४.३३ रुपैयाँ र पीई रेसियो १४.८० गुणा कायम भएको छ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.