सोमबार, कार्तिक २,२०८३ 03:11:11
  • सोमबार, कार्तिक २,२०८३ 03:11:11
Global IME Bank Limited

राजश्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

Bizshala
राजश्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन
New Office

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र  मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएका हुन्।

सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजश्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

संविधान र राष्ट्रको हितलाई ध्यान दिइ कानून अनुसार करदातासँग राजस्व संकलन संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्याहरुलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिए ।  

राजश्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मी लगायत अन्तर निकायहरुबीच समन्वय गरी काम गर्न पनि निर्देशन दिए । उनले राजश्व संकलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँका ठाउँ एक्सन लिन पनि निर्देशन दिएका छन् ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

अर्थमन्त्री पौडेलले राजस्व संकलनका लागि नीतिगत, संरचनागत र प्रकृयागत सुधारका लागि नेतृत्वले साथ दिने बताए ।  

बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजश्व महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजश्व विभागका महानिर्देशक लगायतको उपस्थिति थियो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.