सोमबार, श्रावण १८,२०८३ 10:14:14
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:14:14
Bizshala
Global IME Bank Limited

नयाँ टीएमएसमा चाहे अनुसार ‘मार्केट डेप्थ’ हेर्न र ‘टार्गेट सेट’गर्न मिल्ने, यस्ता छन अन्य सुविधा

नयाँ टीएमएसमा चाहे अनुसार ‘मार्केट डेप्थ’  हेर्न र ‘टार्गेट सेट’गर्न मिल्ने, यस्ता छन अन्य सुविधा
New Office

काठमाण्डौ । नयाँ टीएमएसमा हालको टीएमएसको तुलनामा केही थप सुबिधा प्रदान गरिएको छ । डीजी हबका अनुसार नयाँ टीएमएसमार्फत अब लगानीकर्ताहरुले मार्केट डेप्थमा आफूले चाहेअनुसार नै ‘बाई सेल अर्डर’ हेर्न मिल्ने भएको छ । हालको टीएमएसमा ५ वटा अडर मात्रै हेर्न सकिन्छ ।  

त्यसैगरि, नयाँ टीएमएसमा खरिद बिक्रीको हिसाबकिताब पनि हेर्न मिल्ने व्यवस्था रहेको छ । हालको टीएमएसमा भने यस्तो सुबिधा छैन । जसका लागि ब्रोकरलाई नै सम्पर्क गरेर लेजर पठाउन भन्नु पर्ने हुन्छ । नयाँ टीएमएस आइफोन र एन्ड्रोइड दुवै मोबाइलबाट चल्ने पनि डीजी हबले जानकारी दिएको छ । यसका साथै, वेभ भर्सन र डेक्सटप भर्सन दुवैमा सहज रुपमा चल्ने पनि बताइको छ । 

नयाँ टीएमएसका यस्ता छन् अन्य अन्य अपरेसन विशेषताहरुः

–सेयर बिक्री गर्ने बित्तिकै अरु सेयर खरिद गर्न सकिने, त्यसको लागि ब्रोकरलाई भनि रहनु नपर्ने ।

–आफ्नो लेजर ब्यालेन्सअनुसार रिलय टाइममा कोल्याट्रल पाइने ।

–आफूले चाहे अनुुसार मार्केट डेप्थ हेर्न सकिने ।

–लिंक एण्ड डच फिचर भएको ( रियल टाइममा विभिन्नकम्पनीको मुभमेन्ट हेर्न मिल्ने )

–मल्टि विन्डो फिचर ( धेरै विन्डो एकै पल्ट हेर्न मिल्ने )

–सेयर खरिदबिक्री पछि आफ्नो हिसाब किताब हर्न सकिने, ब्रोकरसँग लेजर मागि रहनु नपर्ने ।

–सिस्टममा नै किनेको सेयरको नाफा÷घाटा हिसाब हेर्न मिल्ने  

–क्लाइन्ट लग इन गरेर अकाउन्टिङ हेर्न मिल्ने

–कुनै सेयरमा किनबेच गर्न लगानीकर्ताले टार्गेट राखेमा सिस्टमले नै अलर्ट गर्ने । जस्तै कुनै लगानीकर्ताले सेयर किन्दा यति प्रतिशत बढेमा बेच्ने र घटेमा किन्ने टार्गेट राखेमा सिस्टमले नै अलर्ट गर्ने सुविधा भएको ।

यसका साथै, हिट् म्याप अर्थात कुन सेयरमा लगानीकर्ताको खरिद तथा बिक्री चाप रहेको भनेर हेर्न पनि मिल्ने डीजी हबले जानकारी दिएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.