बुधबार, माघ २३,२०८१ 07:53:51
IME remit
  • बुधबार, माघ २३,२०८१ 07:53:51
IME remit
Global IME Bank Limited

म्युचुअल फण्डहरुको नाफा ६४.८७% ले वृद्धि, अधिकांशको न्याभमा सुधार

Hyundai Nepal
म्युचुअल फण्डहरुको नाफा ६४.८७% ले वृद्धि, अधिकांशको न्याभमा सुधार
Nabil Bank Limited

काठमाण्डौ । म्युचुअल फण्डहरुले दोब्बर नाफा बढाएका छन् । असोज महिनामा म्युचुअल फण्डहरुले ६ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् । जुन यो भदौको तुलनामा ६४.८७ प्रतिशत बढी हो ।  

भदौमा म्युचुअल फण्डहरुले ३ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएका थिए । लगातार घटेको सेयरबजारमा असोज महिनामा केही सुधार देखिएपनि फण्डहरुको नाफामा समेत सुधार देखिएको हो । भदौ महिनाको अन्तिम कारोबार दिन २५८० विन्दुमा रहेको नेप्से परिसूचक असोज महिनामा बढेर २७४२ विन्दुमा उक्लिएको थियो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

नेप्से परिसूचक ६.२८ प्रतिशतले बृद्धि भएसँगै म्युचुअल फण्डहरुले लगानी गरेको सेयरको भाउ बढेसँगै नाफा बृद्धि भएको हो । म्युचुअल फण्डहरुको सेयरबजारमा अर्बौै रकम लगानी रहेको हुन्छ । यसहिसाबमा बजारमा उतारचढाव आउँदा फण्डहरुको वित्तीय सूचकमा नै फेरबदल आउने हुन्छ । साथै फण्डहरुले लगानीको दायरा घटबढ गर्दा समेत सेयरबजारलाई प्रभाव पार्न सक्ने देखिन्छ ।  

यता नाफासँगै फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि अधिकांश फण्डको बृद्धि भएको छ । अघिल्लो महिना सेयरबजारमा भारि गिरावट आउँदा सबै फण्डहरुको न्याभ घटेको थियो । असोजमा बजारमा केही सुधार देखिएपछि फण्डहरुको नाफा, न्याभ र सूचीकृत सेयरमा गरेको लगानीको भ्यालु बढेको छ ।  

नाफा कुनको कति ?  

सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डमध्ये हिमालयन ८०–२० को मात्रै नाफा अघिल्लो महिनाको तुलनामा घटेको छ भने बाँकी सबै फण्डहरुले नाफामा उल्लेख्य सुधार गरेका छन् ।  

भदौमा घाटामा रहेका तीनवटा म्युचुअ फण्ड एनआइबीएल समृद्धि फण्ड–२, एनआइबीएल स्टेबल फण्ड–२ र मेगा म्युचुअल फण्ड–१ ले असोजमा उल्लेख्या नाफा कमाउन सफल भएका छन् ।  

असोजमा सबैभन्दा बढी नाफा कमाउनेमा एनएमबी सरल बचत फण्ड ई रहेको छ । फण्डले ३६ करोड ६४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा भदौको तुलनामा ७०.७४ प्रतिशत बढी हो ।  

त्यस्तै, दोस्रोमा एनआइबीएल सहभागीता फण्डले पनि ३० करोड ७३ लाख रुपैयाँ नाफा कमाई दोस्रो बढी नाफा कमाउने म्युचुअल फण्ड बनेको छ । फण्डले अघिल्लो महिनाको तुलनामा १२४.८९ प्रतिशत नाफा बढाएको छ ।  

Muktinath Bikas Bank Limited

यसका साथै सिद्धार्थ इक्विटी फण्डले २७ करोड ४२ लाख, एनएमबी ५० ले २४ करोड ५८ लाख, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले २४ करोड २६ लाख, सानिमा इक्विटी फण्डले २३ करोड ४२ लाख रुपैयाँ र प्रभु सेलेक्ट फण्डले २२ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको छ ।  

सर्वाधिक नाफा बढाउनेमा भने सनराइज ब्लुचिप फण्ड रहेको छ । फण्डले भदौको तुलनामा असोजमा २२४३.०७ प्रतिशतले नाफा बढाउन सफल भएको छ ।

न्याभ कुनको कति ?  

भदौमा सेयरबजार घट्दा सबै म्युचुअल फण्डहरुको न्याभ घटेको थियो । तर असोजमा बजार केही प्रतिशत माथि उकासिदा फण्डहरुको न्याभमा सुधार देखिएको छ । ४३ वटा म्युचुअल फण्डमध्ये असोजमा ९ वटा फण्डको मात्रै न्याभ घटेको छ भने बाँकी ३४ वटा फण्डको न्याभ बढेको छ ।  

४० वटा म्युचुअल फण्डको न्याभ ११ रुपैयाँभन्दा माथि छ । त्यसमध्ये एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को न्याभ १३ रुपैयाँ २१ पैसा र हिमालयन ८०–२० सहित ११ वटा म्युचुअल फण्डको न्याभ १२ रुपैयाँ भन्दा माथि छ भने २८ वटा फण्डको न्याम ११ रुपैयाँ भन्दा माथि छ ।  

सबैभन्दा बढी न्याभ एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को १३.२१ रुपैयाँ छ । त्यस्तै, हिमालयन ८०–२० को १२।७५ रुपैयाँ, प्रभु स्मार्ट फण्डको १२.४४ रुपैयाँ, प्रभु सेलेक्ट फण्डको १२.३४ रुपैयाँ, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को १२.१९ रुपैयाँ, एनएमबी ५० को १२.१८ रुपैयाँ, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को १२.१६ रुपैयाँ, एनआइसी एशिया ग्रोथ फण्डको १२.१४ रुपैयाँ, सिद्धार्थ इक्विटी फण्डको १२.११ रुपैयाँ, सुभ लक्ष्मी कोषको १२.०८ रुपैयाँ, लक्ष्मी उन्नती कोषको १२.०३ रुपैयाँ र आरबीबी म्युचुअल फण्ड–२ को न्याभ १२.०१ रुपैयाँ छ ।  

भदौको  तुलनामा असोजमा सबैभन्दा धेरै न्याभ बढ्नेमा भने एनआइसी एशिया ग्रोथ फण्ड रहेको छ । फण्डको न्याभ ०.६४ रुपैयाँले बृद्धि भएको छ ।  

फण्डहरुको लगानीको भ्यालु ९.७२ प्रतिशतले बढ्यो  

म्युचुअल फण्डहरुले सेयरबजारमा गरेको लगानीको भ्यालु ९.७२ प्रतिशतले बृद्धि भएको छ । असोज महिनामा फण्डहरुको लगानीको भ्यालु ४२ अर्ब १२ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।  

भदौमा भने फण्डहरुको लगानीको भ्यालु ३८ अर्ब ३९ करोड ५४ लाख रुँपैयाँ रहेको थिो । तीनवटा फण्ड बाहेक सबै फण्डको यस्तो भ्यालु उल्लेख्य बृद्धि भएको छ ।  

सर्वाधिक कुमारी सबल योजनाको लगानीको भ्यालु ३८.७१ प्रतिशतले बृद्धि भएको छ । भदौमा ५२ करोड ७१ लाख रुपैयाँ रहेको भ्यालु असोजमा बढेर ७३ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

असोजमा सबैभन्दा धेरै लगानीको भ्यालु एनआइबीएल सहभागीता फण्डको रहेको छ । फण्डको सेयरबजारमा गरेको लगानीको भ्यालु ३ अर्ब १९ करोड रुपैयाँ छ । जुन यो अघिल्लो महिनाको तुलनामा २६.१९ प्रतिशतले बढी हो । भदौमा यस्तो लगानी भ्यालु २ अर्ब ५३ करोड २२ लाख रुपैयाँ थियो ।  

त्यस्तै, एनएमबी सरल बचत फण्ड ई को २ अर्ब ३७ करोड, सिद्धार्थ इक्विटी फण्डको १ अर्ब ५१ करोड, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को १ अर्ब ४४ करोड, सनराइज ब्लुचिप फण्डको १ अर्ब ३० करोड, एनएमबी ५० को १ अर्ब ३० करोड, एनआईबीएल समृद्धि फण्ड–२ को १ अर्ब २७ करोड र प्रभु स्मार्ट फण्डको १ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.