आईतवार, कार्तिक १,२०८३ 10:02:10
  • आईतवार, कार्तिक १,२०८३ 10:02:10
Global IME Bank Limited

कुथेली बुखरी स्मल हाइड्रोको सेयरमूल्य हालसम्मकै उच्च, कर्नरिङ्गको आशंका

Bizshala
कुथेली बुखरी स्मल हाइड्रोको सेयरमूल्य हालसम्मकै उच्च, कर्नरिङ्गको आशंका
New Office

काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रो कम्पनीको सेयरभाउ हालसम्मकै उच्च पुगेको छ । आजको कारोबार पछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३ हजार १ सय रुपैयाँ पुगेको छ । धैरै जस्तो जलविद्युत कम्पनीको सेयर भाउ २÷३ सयमा सीमित हुँदा यो कम्पनीको सेयर भाउले भने आकाश छोएको छ ।  

यसरी कम्पनीको सेयर भाउले आकाश छुनुमा कम्पनीको जादूमयी रिपोर्ट आउनु वा अन्य कुनै विशेष कारण छैन । यसरी कम्पनीको सेयरमूल्य उचालिनुमा कम्पनीको पूँजी कम हुनु वा लो क्याप हुनु नै प्रमुख कारण हो । यो कम्पनीको चूक्तापूँजी जम्मा १२ करोड १८ लाख ६७ हजार मात्रै रहेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सर्वसाधारणमा यस कम्पनीको करिब १० प्रतिशत अर्थात १ लाख १९ हजार कित्ता स्वामित्व रहेको छ । यही लो क्यापको फाइदा उठाँउदै  बजारमा  केही लगानीकर्ताहरुले चलखेल गरेको लगानीकर्ता टेकेन्द्र थपलियाले आरोप लगाए । ‘सेयर बजारमा प्रायः लो क्याप कम्पनीमा नै अधिक कर्नरिङ हुने गर्छ,’ थपलिया भन्छन्, ‘अझै अनौठो के छ भने धितोपत्र बोर्डले २५ करोड भन्दा तल पूँजी भएका एसएमई (साना तथा मझौला उद्योगलाई ) पूँजीबजारमा ल्याउने नियमावली अगाडी बढ्दै गर्दा लो क्याप कम्पनीहरु अहिले नै चुनौतिको रुपमा देखा परेका छन् ।’  

कम्पनीको प्रतिसेयर आम्दानी जम्मा १३ रुपैयाँ रहेको छ भने बुक भ्यालु १६२ रुपैयाँ मात्रै रहेको छ । तर सेयरको मूल्य भने ३ हजार १ सय पुग्नु  पर्ने कुनै कारण नरहेको र सेयर बजारमा खुलमखुला कर्नरिङ भएको पनि ती लगानीकर्ताले आरोप लगाए । ब्रोकर होल्डिङमार्फत हेर्दा यो कम्पनीको सेयर सन सेक्यूरटिज (स्टक ब्रोकर नम्बर ६४) बाट उच्च होल्डिङ रहेको छ । चार्टमार्फत नियाल्दा असोज महिनामा १७६० रुपैयाँ रहेको यो कम्पनीको सेयर डेढ महिनामा नै डबल पुग्न थालेको देखिन्छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

भदौ महिनामा ४७० बाट खुलेको यो कम्पनीको सेयरभाउ ३ महिनाको अन्तरालमा ६ गुणाले बढेको पनि ती लगानीकर्ताले बताए । ती लगानीकर्ताले थपे, ‘कम्पनीको सेयरको मूल्य बढ्नै हुन्न भन्ने त होइन तर केही महिनामै नै यसरी बढ्नुमा भने चलखेलको आशंका देखिन्छ । यसै विषयमा बुझ्न खोज्दा यस कम्पनी स्वतन्त्र सञ्चालक लक्ष्मण श्रेष्ठले यस बारेमा आफू यस विषयमा अनविज्ञ रहेको तर कुनै कम्पनीको सेयर मूल्यका बारेमा एकिन गरेर भन्न नसकिने प्रतिक्रिया दिए ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.