बुधबार, माघ १६,२०८१ 04:17:53
IME remit
  • बुधबार, माघ १६,२०८१ 04:17:53
IME remit
Global IME Bank Limited

सन नेपाल लाइफको प्रदेशस्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम सम्पन्न

Hyundai Nepal
सन नेपाल लाइफको प्रदेशस्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले मंसिर ३ गते प्रदेशस्तरीय मार्केटिङ म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सदुरपश्चिम प्रदेशका करिब १५० जना मार्केटिङ म्यानेजरहरु सहित शुक्र क्लवमा पर्न सफल अभिकर्तालाई एक समारोह आयोजना गरी सम्मान गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले जीवन बीमा अभिकर्ता पेशा एक सम्मानित र स्वतन्त्र पेशा भएको हुनाले सबै जना थप उर्जाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

Bizshala
CG Motors
Sagarmatha Cement

सीईओ अर्यालले सन नेपाल लाइफ इन्स्योरेन्स डिजिटल प्लेटफर्ममा प्रवेश गर्ने नेपालको पहिलो कम्पनी भएको,ग्राहकको माग र जनचाहानालाई सम्वोधन गर्न आपतमा राहात दिन सन मेडिकेयर जस्तो स्वास्थ्य सम्वन्धी जोखिम बहन गर्ने सुविधा ल्याउने पहिलो कम्पनी भएको हुनाले कम्पनीमा आवद्ध सम्पूर्ण अभिकर्ताहरुलाई दृढ विश्वासका साथ थप शसक्त भएर अघि बढ्न प्रेरित गरे । उनले नेपालको बीमा बजारमा ग्राहकलाई नविनतम सुविधा दिने कुरामा सन नेपाल लाइफ सधै एक कदम अगाडि रहने प्रतिबद्धता पनि जनाएका थिए ।

कार्यक्रममा बोल्दै कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले अभिकर्ता पेशाबाटै कसरी विशिष्ट परिचय बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । अभिकर्ता पेशामा अथाह सम्भावना रहेको हुँदा निरन्तर रुपमा मेहनत गर्दा यहि पेशाबाटै उत्कृष्ट आम्दानी र सम्मान हासिल गर्न सकिने बताए ।

चौलागाईले बीमा क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने बिक्रिकलाको विषयमा उत्प्रेरणामूलक प्रशिक्षण प्रदान गरेका थिए । उनले सन नेपाल लाइफले ल्याएको विभिन्न विजनेस क्लवहरुको विषयमा जानकारी दिँदै कसरी ती क्लवहरुमा पुग्न सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण दिदैँ यस प्रदेशबाट शुक्र क्लवमा पर्न सफल मार्केटिङ्ग म्यानेजरलाई बधाई तथा शुभकामना पनि दिए ।

Muktinath Bikas Bank Limited

अभिकर्ताको तर्फबाट प्रतिनिधित्व गर्दै मार्केटिङ म्यानेजर म्यानेजर स्वस्ती प्रधानले सन नेपाल लाइफको दुरदर्शी सोँच, ग्राहकमैत्री बीमा योजना, अभिकर्ता मैत्री वातावरणको कारणले गर्दा बजारमा आफूलाई सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ताको रुपमा चिनाउन पाउँदा गर्व महसुस हुने बताए । उनले कम्पनीले भव्य कार्यक्रम आयोजना गरी मार्केटिङ्ग म्यानेजरहरुलाई गरेको सम्मानले थप उर्जा र हौसला प्राप्त भएको बताउँदै यस्तो पुण्य कार्य गर्ने प्लेटफर्म प्रदान गरेकोमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिए ।

कैलालीको ग्रीन गोदावरी रिसोर्टमा सम्पन्न भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, बीमा बिज्ञ कबि फुयाल, चिफ मार्केटिङ अफिसर गणेश चौलागाई, सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसी, प्रदेश अन्तर्गतका शाखा, उपशाखा प्रमुख, कर्मचारी लगाएत १५० भन्दा बढी मार्केटिङ्ग म्यानेजरको उपस्थिति रहेको थियो ।

Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.