शुक्रबार, बैशाख १२,२०८२ 02:13:13
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 02:13:13
IME remit
Global IME Bank Limited

नेशनल लाईफले गर्यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

Hyundai Nepal
नेशनल लाईफले गर्यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
Nabil Bank Limited

काठमाण्डौ । नेशन ललाईफ इन्स्योरेन्स कम्पनीले सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले काठमाण्डौस्थित स्मार्ट दरबारमा बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, कम्पनीका बागमती प्रदेशका प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा उक्त सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यता वितरण गरिनुका साथै  प्रदेशबाट आफ्नो कोडमा र संजालमा प्रथम, द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले उक्त प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए ।  

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेशस्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश,  गण्डकी प्रदेश र कोशी प्रदेशका अभिकर्ताहरु सम्मनित भईसकेको र सोही क्रममा बागमती प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउँदै अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराएका थिए ।  

Muktinath Bikas Bank Limited

उनले कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा अभिकर्ताहरुले सबैभन्दा बढि रुचाएका चेयरपर्सन क्लब सदस्यता वितरण कार्यक्रमकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी चेयरपर्सन क्लबमा पुर्याउने उद्देश्यले सीईओ क्लबको धारणा ल्याएकोमा नेपालभर बाट २ हजार जना भन्दा बढि अभिकर्ताहरु यस कार्यक्रममा छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको समेत उल्लेख गरे ।  

समारोहमा सीईओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले सीईओ क्लबमा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.