शुक्रबार, असार १३,२०८२ 07:22:12
  • शुक्रबार, असार १३,२०८२ 07:22:12
Global IME Bank Limited

बोटलर्स नेपाल(बालाजु) १५.१५ करोड घाटामा, सेयरमूल्य भने दिनदनै बढ्दै

Hyundai Nepal
बोटलर्स नेपाल(बालाजु) १५.१५ करोड घाटामा, सेयरमूल्य भने दिनदनै बढ्दै
Nabil Bank Limited

काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी यो अवधिसम्म १५ करोड १५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा रहेको  थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ४ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ११.८२ प्रतिशतले कम हो । कम्पनीको अन्य आम्दानी १ करोड ५६ लाख रुपैयाँ र वित्त आम्दानी १४ लाख ३८ हजार रुपैयाा रहेको छ । यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च ७२ करोड ६२ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि ३८ करोड ६ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको रिजर्भको आकार ५.८९ प्रतिशतले बढ्दै ५ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको कुल चालु सम्पत्ति ७ अर्ब २१ करोड र कुल चालु दायित्व ७ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) १४९ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ३ हजार १२० रुपैयाँ र पीई अनुपात ४२ गुणा ऋणात्मक कायम भएको छ ।    

कम्पनीको वित्तीय प्रतिवेदन खराब आएतापनि कम्पनीको सेयरमूल्यमा भने प्रत्येक दिन वृद्धि भईरहेको छ । हिजो साताको अन्तिम कारोबार दिन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सक्रिट लागेको थियो । गत माघ २८ गते प्रतिकित्ता ६ हजार ३६० रुपैयाँमा बन्द भएको कम्पनीको सेयरमूल्य त्यसपछि भने बढ्दै प्रतिकित्ता ९ हजार ३११ रुपैयाँको उचाईमा पुगेको छ ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.