बुधबार, बैशाख २,२०८३ 10:26:13
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 10:26:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनपीएलको टिकटिङ पार्टनर ’खल्ती’द्वारा अनलाइन टिकटको बिक्री खुल्ला

Bizshala
एनपीएलको टिकटिङ पार्टनर ’खल्ती’द्वारा अनलाइन टिकटको बिक्री खुल्ला
Shivam Cement

काठमाण्डौ । डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै ‘नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ ।  

यससँगै क्रिकेट प्रेमीहरूले खल्ती एप मार्फत सजिलैसँग टिकट ‘क्याच’ गर्न सक्ने भएका छन् । केही क्लिकमै खल्तीबाट टिकट काटेर फ्यानहरू स्टेडियममै पुगी आफ्नो मन पर्ने टिमलाई हुटिङ गर्न, प्रत्येक चौका, छक्का र विकेटको मजा लिन साथै खेलको सप्राइजिङ मोमेन्टहरू प्रत्यक्ष रूपमा नजिकैबाट अवलोकन गर्न सक्ने कम्पनीले जनाएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अनलाइन टिकटहरू अब खल्ती एपमा उपलब्ध छन् र क्रिकेट फ्यानहरूले खेलका टिकटहरू सजिलै लिन सक्नेछन् । पहिलो दिन, प्लेअफ र त्यसपछिका खेल हुने दिन बाहेक, प्रति दिन साधारण टिकटको मूल्य रु ३०० साथै भिआइपी टिकटको मूल्य रु ५०० तोकिएको छ भने प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ ।  

फ्यानहरूले सबै खेलको एकमुस्ट – सिजन पास पनि लिई सक्नेछन् । साधारणको मूल्य रु ४ हजार ४८० र भिआइपी टिकटको मूल्य रु ८ हजार २४० रुपैयाँ तोकिएको छ ।

मंसिर १५ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा सुरु हुन गइरहेको एनपीएलमा विराटनगर किन्ङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोली सहभागी छन् । प्रतियोगितामा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ ।

CG Motors
Garima Development Bank
IME remit

क्यानका सचिव, नेपाल क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का भन्छन्, ‘एनपीएलमा टिकटिङ पार्टनरको रूपमा खल्तीलाई पाउँदा हामी निकै उत्साहित छौँ। नेपाल क्रिकेटलाई विश्व सामु बलियो देखाउने यो अवसरमा सम्पूर्ण फ्यानहरूले, ग्राउन्डमै आएर साथ र सपोर्ट गर्नुहुनेछ भन्ने आशा गर्दछौँ ।  

यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,  

‘खल्ती र क्यानको यस नयाँ साझेदारी क्रिकेट प्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो । डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र क्रिकेट प्रेमीहरूको चाडपर्व एनपीएलको यस साझेदारीले सबै फ्यानहरूको क्रिकेट फेस्टिभलको यस अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ ।’  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.