मंगलवार, असार ९,२०८३ 01:50:52
Bizshala
  • मंगलवार, असार ९,२०८३ 01:50:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.०’ को ओरिएन्टेसन सम्पन्न

Laxmi Sunrise Bank Limited
‘ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.०’ को ओरिएन्टेसन सम्पन्न

काठमाण्डौ । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाण्डौ च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । मंसिर ७ गते पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा उद्यमशीलताको सम्भावनालाई मजबुत बनाउने आयोजकले बताएका छन् ।

यस वर्षको प्रतियोगिताका लागि नेपालभरका १७० भन्दा बढी स्टार्टअपहरु दर्ता भएका छन् । उक्त ओरिएन्टेसनले प्रतियोगिताको प्रक्रिया, मेन्टरशिप र वृद्धिका अवसरहरूका बारेमा विस्तृत जानकारी प्रदान गरेको थियो ।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रमको सुरुवात एनवाईईएफ काठमाण्डौ च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाको स्वागत सम्बोधनबाट भएको थियो । जसमा उनले स्टार्टअपहरुलाई स्केल गर्न र सफल बनाउन यस्ता प्लेटफर्महरूको महत्वलाई जोड दिएका थिए । कार्यक्रमका अध्यक्ष सन्दीप शर्माले प्रतियोगिताको संरचनाबारे विस्तृत जानकारी प्रदान गर्दै मेन्टरशिप, नेटवर्किङ र पुरस्कार जित्ने अवसरहरूलाई प्रस्ट पारेका थिए । कार्यक्रमको समापन एनवाईईएफ नेशनल गभर्निङ काउन्सिलकी कार्यकारी सदस्य बिलाषा श्रेष्ठको सम्बोधनबाट भएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रमबारे थप प्रकाश पार्दै बिटुबी सेसनले सहभागीहरूलाई समान विचारधाराका उद्यमीहरू र सम्भावित साझेदारहरूसँग नेटवर्किङ गर्ने अवसर पनि प्रदान गरेको थियो । हाई–टीसेसनका साथ समापन भएको कार्यक्रममा अनौपचारिक अन्तरक्रिया र नेटवर्किङका लागि पनि उपयुक्त वातावरण बनेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.