बुधबार, श्रावण ६,२०८३ 06:04:47
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:04:47
Bizshala
Global IME Bank Limited

भारतको नियामकले गर्यो एउटा स्टक एक्सचेञ्जमा समस्या आउदा अर्कोमा कारोबार गर्न मिल्ने व्यवस्था

भारतको नियामकले गर्यो एउटा स्टक एक्सचेञ्जमा समस्या आउदा अर्कोमा कारोबार गर्न मिल्ने व्यवस्था
New Office

काठमाण्डौ । भारतमा सेयर बजारमा प्राविधिक समस्या उत्पन्न भए कारोबारलाई जारी राख्ने सम्बन्धी नयाँ नियम जारी भएको छ । यो नयाँ नियम अप्रिल १ देखि लागू हुने जनाइएको छ ।  

भारतको सेयर बजार नियामक ‘सेक्युरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी) ’ ले एक सर्कुलर जारी गर्दै दुवै एक्सचेञ्ज,एनएसई र बीएसईलाई एक अर्का कारोबारका लागि विकल्पको रुपमा प्रयोग गर्न निर्देशन दिएको छ । सेबीले प्राविधिक समस्या आएमा मात्रै एक अर्कालाई विकल्पको रुपमा प्रयोग गर्न भनेको छ ।  

नयाँ नियमका अनुसार बम्बे स्टक एक्सचेञ्ज(बीएसई)मा प्राविधिक समस्या आउँदा केवल बीएसईमा सूचीकृत कम्पनीहरु नेशनल स्टक एक्सचेञ्ज(एनएसई)मा कारोबार हुन सक्नेछन् । त्यस्तै एनएसईमा समस्या आउँदा केवल एनएसईमा सूचीकृत कम्पनी बीएसईमा कारोबार हुन सक्नेछन् । सेबीले दुवै स्टक एक्सचेञ्जलाई अबको ६० दिनभित्र ‘स्ट्याण्डर्ड अपरेटिङ प्रोस्युडर(एसओपी)’जारी गर्न निर्देशन समेत दिएको छ ।  

यससँगै अब एनएसईले केवल बीएसईमा सूचीकृत सेयरको रिजर्भ लिस्ट बनाउने छ । यस्तै बीएसईले पनि एनएसईमा सूचीकृत सेयरको रिजर्भ लिस्ट बनाउनेछ ।  

हाई–को रिलेटेड इन्डेक्सलाई पनि ,पोजिशन अफ सेट गरिनेछ । एउटा एक्सचेञ्जमा समस्या आउँदा ७५ मिनेटभित्र अर्को स्टक एक्सचेञ्जलाई सूचना दिइनेछ । एसओपीका माध्यमबाट वैकल्पिक एक्सचेञ्जले समस्याग्रस्त एक्सचेञ्जको सेयर कारोबार सुरु गर्नेछ ।  

यसअघि डिजोजिटरी रिकभरी साइटलाई परीक्षण गर्नका लागि गत सेप्टेम्बर २८ शनिबार अर्थात बिदाको दिन नेशनल स्टक एक्सचेञ्जमा एउटा विशेष परीक्षण कारोबार सेशन गरिएको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.