काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडलेको लिलामीमा राखेको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको १० लाख ३८ हजार ९२४ कित्ता सेयर मंसिर १४ गते बाँडफाँड भएको हो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको सञ्चालक समितिले बाँडफाँड गरेको सेयरको अन्तिम मूल्य ३१८.१० निर्धारण भएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको क्याटिलले जनाएको छ ।
आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी मंसिर १५ गतेबाट हुनेछ ।

