रिभर फल्स पावरको १०.३७ लाख कित्ता अवितरित हकप्रद सेयर आजदेखि लिलामीमा
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले १० लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १० लाख ३८ हजार ९२४ कित्ता सेयर लिलामीमातर्फ आजदेखि बिक्रीमा राखेको हो ।

