काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले गत चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ३६ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले विद्युत बिक्रीमातर्फत १५ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत ११ करोड २५ लाख रुपैयाँ आर्जन गरेको थियो । यसरी कम्पनीको विद्युत बिक्री आम्दानी ३८.२६ प्रतिशतले बढेको छ ।
कम्पनीको प्रशासनिक तथा सञ्चालन खर्च ९३ लाख ५२ हजा्र, वित्तीय खर्च ९ करोड १५ लाख,ह्रासकट्टी खर्च २ करोड ९५ लाख र प्रत्यक्ष खर्च १ करोड १८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिजर्भ कोषमा १ करोड ४१ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीको रिजर्भ ९ करोड ५१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा थियो । ७० करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १६ करोड ७९ लाख रुपैयाँ र कुल चालु दायित्व १४ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.७५ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०२.०२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३७४.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३६२.२७ गुणा र तरलता अनुपात १.१३ प्रतिशत कायम भएको छ ।