काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडका सञ्चालक दिनेश गुरुङको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
गुरुङले गत असोज ४ गते सञ्चालक समितिको सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा असोज ७ गते देखि लागु हुने गरि स्विकृत भएको कम्पनीले जनाएके छ ।
साथै, सो रिक्त सञ्चालक पदमा असोज ७ गतेदेखी आगामी साधारण सभा सम्मको लागि अमर गुरुङलाई नियुक्ती गर्ने समेत निर्णय भएको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।