काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडलेको लिलामी सेयरको शिलबन्दी बोलपत्र मंसिर ८ गते खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको कमलादीमा रहेको प्रभु क्यापिटलको कार्यालयमा दिनको १ बजे खोलिने छ ।
कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म १० लाख ३८ हजार ९२४ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।
कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको उक्त सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।

