शनिबार, श्रावण २,२०८३ 03:57:28
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 03:57:28
Bizshala
Global IME Bank Limited

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, एकैपटक दुई आवको साधारण सभा आह्वान

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, एकैपटक दुई आवको साधारण सभा आह्वान
New Office

काठमाण्डौ । रिभर फल्स पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद जारी गर्ने तयारी गरेको छ । कम्पनीले हकप्रद निष्कासनको मुख्य अजेण्डासहित दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं र ८ औं साधारण सभा एकैपटक डाकेको हो ।  

उक्त सभा आगामी वैशाख २० गते बिहिबारका दिन काठमाण्डोको नक्सालमा रहेको लिसारा रिसेप्सन बिहान ११ बजे आयोजना हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने,हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने,हकप्रद सेयर प्रयोजनका लागि अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विेशष प्रस्तावहरु पारित गरिनेछ ।  

कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ऋण भुक्तानी गर्नका लागि हकप्रद जारी गर्ने निर्णय गरेको थियो । 

सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।  

यस्तै सभामा आव २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.