शनिबार, श्रावण २,२०८३ 08:37:42
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:37:42
Bizshala
Global IME Bank Limited

रिभर फल्स पावरले कात्तिक २६ गतेदेखि १०.३७ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

रिभर फल्स पावरले कात्तिक २६ गतेदेखि १०.३७ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
New Office

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले १० लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १० लाख ३८ हजार ९२४ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  

कम्पनीले आगामी कात्तिक २६ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बालकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा माग अनुसारको कित्ताका लागि आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय, प्रभु बैंकका शाखा कार्यालयहरु–विराटनगर, पोखरा, वीरगञ्ज,हेटौडा, बुटवल,सुर्खेत र धनगढी शाखाबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति मंसिर ३ गते रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.