मंगलवार, आश्विन १४,२०८२ 06:52:40
IME remit
  • मंगलवार, आश्विन १४,२०८२ 06:52:40
IME remit
Global IME Bank Limited

हकप्रद बिकाउन कम्पनीहरुलाई हम्मे-हम्मे, आवेदन दिने समय बढाउँदा पनि बिक्री हुन छाड्यो !

Hyundai Nepal
हकप्रद बिकाउन कम्पनीहरुलाई हम्मे-हम्मे, आवेदन दिने समय बढाउँदा पनि बिक्री हुन छाड्यो !
Shivam Cement

काठमाण्डौ । सेयर बजारमा सूचीकृत कम्पनीहरुले ऋण तिर्न तथा नयाँ काम गर्ने उद्देश्यले हकप्रद सेयर निश्कासन गर्ने लहर चले पनि लगानीकर्ताको आकर्षण भने घट्दै गएको देखिएको छ ।  

वित्तीय प्रदर्शन सन्तोषजनक नभएका कम्पनीहरुले पूँजीको आकार बढाउन हकप्रद निश्कासन गरे पनि लगानीकर्ताले राम्रो रिटर्न नहुने देखेपछि त्यसप्रति चासो कम दिन थालेका देखिएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

फलस्वरुप हकप्रदको बाढी आएको समयमा धेरै कम्पनीहरुलाई निश्कासित कित्ता बिक्री गर्न हम्मे पर्न थालेको छ । यहीकारण सूचीकृत कम्पनीहरु हकप्रदमा आवेदन दिने समय थप्न बाध्य देखिएका छन् ।  

पछिल्लो पटक यो लहरमा  रिभर फल्स पावर लिमिटेड पनि देखिएको छ ।  

यो कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराकरको रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो ।  

तर, जारी कित्ता नबिकेपछि खरीदका लागि आवेदन दिने समय बढाएर असोज २६ गते पुर्याइएको छ ।  

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन २६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् । 

हकप्रदमा आवेदन दिने अन्तिम मिति भनेर यसअघि असोज १२ गतेर्ला निर्धारण गरिए पनि अब बढाएर असोज २६ गते पुर्याइएको हो ।  

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यपिटलका साथै प्रभु बैंकको बेशीसहर, पोखरा, वीरगञ्ज,इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।  

यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा  ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

कम्पनीलाई हकप्रद निष्कासनका लागि रेटिङ प्रदापक कम्पनी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।  

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन ९ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.