शनिबार, जेष्ठ २,२०८३ 11:58:17
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:58:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेशनल लाईफले गर्यो कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सीइओ क्लब सदस्यबाट सम्मान

Laxmi Sunrise Bank Limited
नेशनल लाईफले गर्यो कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सीइओ क्लब सदस्यबाट सम्मान
Shivam Cement

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सुर्खेतस्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जनाभन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गर्दै शुभारम्भ गरेको सो सम्मान कार्यक्रममा अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यता वितरण गरिनुका साथै  प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत  गरिएको थियो ।

Bizshala
New Office
CG Motors

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।  

Garima Development Bank
Shivam Cement
IME remit

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अन्य प्रदेशको तूलनामा बीमा व्यवसायमा कर्णाली प्रदेश केही पछाडी रहेपनि सम्भावना भने निक्कै नै रहेको हुँदा यस क्षेत्रमा कार्यरत अभिकर्ताहरुले व्यवसायिक रणनिती बनाई अघि बढ्नुपर्ने सुझाव व्यक्त गरे ।

उनले सीईओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश, गण्डकी प्रदेश,कोशी प्रदेश,बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सम्पन्न गरिसकेको र सोही क्रममा कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउँदै अब सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिने योजना रहेको जानकारी गराए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.