काठमाण्डौ। सिमेन्टको मूल्य पुनः बढेको छ। १० दिनअघि करिब १२५ रुपैयाँसम्मले बढेको सिमेन्टको मूल्य आइतबार पुनः बढाइएको हो ।
विभिन्न सिमेन्ट उत्पादक कम्पनीहरुले पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँ र ओपीसीमा प्रतिबोरा ३० रुपैयाँसम्मले भाउ बढाएका छन् । यससँगै पीपीसी सिमेन्टको मूल्य करिब ७ सय रुपैयाँ र ओपीसीको ८ सय रुपैयाँ भन्दा बढी पुगेको छ ।
दशैंअघिसम्म भने पीपीसी सिमेन्टको मूल्य करिब ५१० रुपैयाँ र ओपीसी ६०० देखि ६१० रुपैयाँसम्म थियो । तर बिस्तारै निर्माणको सिजन सुरु भएसँगै उद्योगीहरुले सिमेन्टको मूल्य बढाएका छन् ।
सिमेन्ट मूल्य बढेसागै निर्माणको लागत समेत बढ्न थालेको निर्माण व्यवसायीहरुले गुनासो गरेका छन् ।