सोमबार, श्रावण १८,२०८३ 05:42:53
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:42:53
Bizshala
Global IME Bank Limited

अष्ट्रेलियाले जारी गर्यो नयाँ कामदार भिसा, कृषि, निर्माणदेखि ब्युटी थेरापिस्टसम्मलाई अवसर

अष्ट्रेलियाले जारी गर्यो नयाँ कामदार भिसा, कृषि, निर्माणदेखि ब्युटी थेरापिस्टसम्मलाई अवसर
New Office

काठमाण्डौ । अष्ट्रेलिया सरकारले दक्ष कामदारलाई आकर्षित गर्न र टिकाइराख्न तथा देशको श्रम अभावलाई परिपूर्ति गर्न नयाँ अस्थाई भिसा लागू गर्ने भएको छ ।  

‘स्किल इन डिमान्ड(एसआईडी)’ नामक यो भिसा आगामी डिसेम्बर ७ देखि लागू हुनेछ । यो भिसाले पहिलेको ‘टेम्पोररी स्किल सटेज(टीएसएस)भिसालाई प्रतिस्थापन गर्न लागेको हो ।  

लक्षित दक्ष आप्रवासलाई केन्द्रित गर्दै अष्ट्रेलिया सरकारले भिसा प्रणालीलाई आधुनिकिरण गर्न जारी गरेको ‘स्किल्ड भिसा प्रोग्राम’अन्तर्गत नयाँ अस्थाई भिसा लागू गर्न लागिएको हो ।  

यी सुधारहरु गत डिसम्ेबर महिनामा सरकारले तय गरेको आप्रवासी रणनीतिमा समावेश भएका थिए ।  

एसआईडी भिसाले रोजगारदातालाई उपयुक्त दक्ष अष्ट्रेलियन कामदार नपाएको खण्डमा अन्य देशबाट दक्ष कामदारलाई स्पोन्सर गर्न अनुमति दिनेछ । सरकारले यो व्यवस्थाले आप्रवासी कामदारहरुलाई सुव्यवस्थित मार्ग प्रदान गर्ने र रोजगारदातालाई दक्ष कामदारसम्म पहुँच पुर्याउन साधारण प्रक्रियाको व्यवस्था गर्ने जनाएको छ ।  

यो भिसाअन्तर्गत योग्य हुने कामदारले ४ वर्षसम्म अष्ट्रेलियामा बसोवास गर्न पाउनेछन् । तर हङकङ पार्सपोट भएकाले ५ वर्षसम्म बस्ने पाउनेछन् ।  

यो भिसाका लागि आवेदन दिदा मुख्य आवेदकले ३ हजार ११५ डलर खर्च गर्नुपर्नेछ र १८ वर्षभन्दा माथिका डिपेन्डेन्टका लागि पनि यति नै मूल्य लाग्नेछ । तर १८ वर्षभन्दा मूनिका डिपेन्डेन्डका लागि ७८० डलर लाग्नेछ ।  

यस्तै अङ्ग्रेजी भाषा, स्वास्थ्य परीक्षण र प्रहरी रिपोर्टका लागि अतिरिक्त शुल्क तिर्नु पर्नेछ ।  

यो भिसाको मुख्य गरी लक्षित स्ट्रिमहरु रहेका छन् ः कोर स्किल स्ट्रिम, स्पेशलिष्ट स्ट्रिम र लेबर एग्रिमेन्ट स्ट्रिम ।  

कोर स्किल स्ट्रिम मध्य आय भएका कामदारको अभाव परिपूर्ति गर्नका लागि डिजाइन गरिएको छ । यो स्ट्रिमअन्तर्गत योग्य हुनका लागि सरकारले तोकेका ‘कोर स्किल अकोपेशन लिस्ट’भित्र पर्नु पर्नेछ । यस्तो सूची अष्ट्रेलिया सरकारले गत साता मात्रै जारी गरेको थियो । सरकारले यो सूचीमा ४५६ वटा काम तोकेका छ । जसमा निर्माण,साइबर सेक्युरिटी,स्वास्थ्य र शिक्षा क्षेत्र रहेका छन् ।  

यसमा कृषि, सिकर्मी, घर बनाउने,मनोविज्ञ,निजी शिक्षक,सफ्टवेयर इन्जिीनियर बेकर र ब्यूटी थेरापिस्ट जस्ता कामदार पर्दछन् । यो वर्गमा पर्न वार्षिक ७३ हजार १५० को कोर स्किल इनकम थ्रेसहोल्ड पुरा गरेको हुनु पर्नेछ ।  

यस्तै स्पेशलिष्टस्किल स्ट्रिमअन्तर्गत उच्च दक्ष र आय भएका कामदार पर्नेछन् ।  

यस्तै तेस्रो स्ट्रिमअन्तर्गत कुनै विशेष काम गर्न श्रम सम्झौताअन्तर्गत रोजगारदाताले छनौट गरेका कामदार पर्नेछन् ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.