• आईतवार, भाद्र २९,२०८२ 01:12:18
Global IME Bank Limited

अष्ट्रेलियाले जारी गर्यो नयाँ कामदार भिसा, कृषि, निर्माणदेखि ब्युटी थेरापिस्टसम्मलाई अवसर

Hyundai Nepal
अष्ट्रेलियाले जारी गर्यो नयाँ कामदार भिसा, कृषि, निर्माणदेखि ब्युटी थेरापिस्टसम्मलाई अवसर

काठमाण्डौ । अष्ट्रेलिया सरकारले दक्ष कामदारलाई आकर्षित गर्न र टिकाइराख्न तथा देशको श्रम अभावलाई परिपूर्ति गर्न नयाँ अस्थाई भिसा लागू गर्ने भएको छ ।  

‘स्किल इन डिमान्ड(एसआईडी)’ नामक यो भिसा आगामी डिसेम्बर ७ देखि लागू हुनेछ । यो भिसाले पहिलेको ‘टेम्पोररी स्किल सटेज(टीएसएस)भिसालाई प्रतिस्थापन गर्न लागेको हो ।  

लक्षित दक्ष आप्रवासलाई केन्द्रित गर्दै अष्ट्रेलिया सरकारले भिसा प्रणालीलाई आधुनिकिरण गर्न जारी गरेको ‘स्किल्ड भिसा प्रोग्राम’अन्तर्गत नयाँ अस्थाई भिसा लागू गर्न लागिएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यी सुधारहरु गत डिसम्ेबर महिनामा सरकारले तय गरेको आप्रवासी रणनीतिमा समावेश भएका थिए ।  

एसआईडी भिसाले रोजगारदातालाई उपयुक्त दक्ष अष्ट्रेलियन कामदार नपाएको खण्डमा अन्य देशबाट दक्ष कामदारलाई स्पोन्सर गर्न अनुमति दिनेछ । सरकारले यो व्यवस्थाले आप्रवासी कामदारहरुलाई सुव्यवस्थित मार्ग प्रदान गर्ने र रोजगारदातालाई दक्ष कामदारसम्म पहुँच पुर्याउन साधारण प्रक्रियाको व्यवस्था गर्ने जनाएको छ ।  

यो भिसाअन्तर्गत योग्य हुने कामदारले ४ वर्षसम्म अष्ट्रेलियामा बसोवास गर्न पाउनेछन् । तर हङकङ पार्सपोट भएकाले ५ वर्षसम्म बस्ने पाउनेछन् ।  

यो भिसाका लागि आवेदन दिदा मुख्य आवेदकले ३ हजार ११५ डलर खर्च गर्नुपर्नेछ र १८ वर्षभन्दा माथिका डिपेन्डेन्टका लागि पनि यति नै मूल्य लाग्नेछ । तर १८ वर्षभन्दा मूनिका डिपेन्डेन्डका लागि ७८० डलर लाग्नेछ ।  

यस्तै अङ्ग्रेजी भाषा, स्वास्थ्य परीक्षण र प्रहरी रिपोर्टका लागि अतिरिक्त शुल्क तिर्नु पर्नेछ ।  

यो भिसाको मुख्य गरी लक्षित स्ट्रिमहरु रहेका छन् ः कोर स्किल स्ट्रिम, स्पेशलिष्ट स्ट्रिम र लेबर एग्रिमेन्ट स्ट्रिम ।  

कोर स्किल स्ट्रिम मध्य आय भएका कामदारको अभाव परिपूर्ति गर्नका लागि डिजाइन गरिएको छ । यो स्ट्रिमअन्तर्गत योग्य हुनका लागि सरकारले तोकेका ‘कोर स्किल अकोपेशन लिस्ट’भित्र पर्नु पर्नेछ । यस्तो सूची अष्ट्रेलिया सरकारले गत साता मात्रै जारी गरेको थियो । सरकारले यो सूचीमा ४५६ वटा काम तोकेका छ । जसमा निर्माण,साइबर सेक्युरिटी,स्वास्थ्य र शिक्षा क्षेत्र रहेका छन् ।  

यसमा कृषि, सिकर्मी, घर बनाउने,मनोविज्ञ,निजी शिक्षक,सफ्टवेयर इन्जिीनियर बेकर र ब्यूटी थेरापिस्ट जस्ता कामदार पर्दछन् । यो वर्गमा पर्न वार्षिक ७३ हजार १५० को कोर स्किल इनकम थ्रेसहोल्ड पुरा गरेको हुनु पर्नेछ ।  

यस्तै स्पेशलिष्टस्किल स्ट्रिमअन्तर्गत उच्च दक्ष र आय भएका कामदार पर्नेछन् ।  

यस्तै तेस्रो स्ट्रिमअन्तर्गत कुनै विशेष काम गर्न श्रम सम्झौताअन्तर्गत रोजगारदाताले छनौट गरेका कामदार पर्नेछन् ।    

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.