सेयर बजारमा लगानी गर्दा ‘बुक भ्यालु’ र सम्भावित ‘प्रतिफल’को अध्ययन कति आवश्यक ?
– प्रकाश न्यौपानेकाठमाण्डौ । सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। लगानी गर्नुपूर्व सेयर बजारबारे राम्रो अध्ययन गर्न जरुरी हुन्छ। नेपालको सेयर बजारमा लगानी गरेर कमाउनेभन्दा गुमाउनेको संख्या धेरै छ। बजारमा लगानीकर्ताले कम्पनीहरुको विस्तृत जानकारी लिएरमात्र लगानी गर्नुपर्छ। कारोबारमा आएका कम्पनीहरुमा राम्रा र कमजोर दुवै किसिमका हुन्छन्। बजारविज्ञहरु आधारभूत रुपमा...

