शनिबार, श्रावण ३०,२०८३ 12:35:35
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 12:35:35
Bizshala
Global IME Bank Limited

दुईतिहाईको सरकार बन्न रास्वपालाई २ सिटको अभाव, अन्य दलको कति ?

Prabhu Bank Limited
दुईतिहाईको सरकार बन्न रास्वपालाई २ सिटको अभाव, अन्य दलको कति ?
New Office

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचननको समातुपातिकतर्फको मतगणना सकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुई तिहाईको सरकार बनाउन झण्डै दुई सिटको अभाव देखिने भएको छ ।  

आगामी संसदको सम्भावित अंकगणित गर्दा रास्वपाले प्रत्यक्षतर्फ जितेको १२५ सिट र समानुपातिकतर्फको मतको आधारमा पाउन सक्ने ५७ सिट गरी रास्वपाले कुल १८२ सिट पाउने देखिएको छ, तर निर्वाचन आयोगले सिट निर्धारण भने गरिसकेको छैन ।  

निर्वाचन आयोगले सिट विभाजनका लागि प्रयोग गर्ने सेन्ट लग फमूर्लाको आधारमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ प्राप्त गरेको मतको आधारमा रास्वपाले १८२ सिट प्राप्त गर्ने देखिएको छ ।  

CG Motors

यदि आयोगले यहि सिट संख्या कायम गर्यो भने प्रतिनिधिसभामा रास्वपाको दुई तिहाइका लागि २ सिट नपुग्ने देखिन्छ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्छ ।  

आयोगका अनुसार रास्वपाले समानुपातिकतर्फ ५१ लाख ५४ हजार ९४८ मत प्राप्त गरेको छ, जुन यो कुल मतको ४७.८१ प्रतिशत मत हो ।  

दोस्रोमा नेपाली कांग्रेसले समानुपातिकमा २० सिट पाउने देखिएको छ । कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ । यसरी कांग्रेसले कुल ३८ सिट पाउने देखिएको हो । यसअघि कांग्रेसले ८९ वटा सिट प्राप्त गरेको थियो ।  

त्यस्तै, तेस्रोमा नेकपा एमालेले समातुपातिकमा १६ सिट र प्रत्यक्षतर्फ जितेको ९ सिट गरी कुल २५ वटा सिट पाउने देखिएको छ । यता नेपाल कम्युनिष्ट पार्टीले समानुपातिकमा ९ वटा र प्रत्यक्षतर्फ जितेको ८ सिट गरी कुल १७ सिट पाउने देखिएको छ ।  

श्रम संस्कृति पार्टी र राप्रपाले भने समानुपातिकबाट ४÷४ वटा सिट पाउने देखिएको छ । श्रम संस्कृतिले प्रत्यक्षतर्फ जितेको ३ सिट गरी ७ वटा सिट पाउने देखिन्छ भने राप्रपाले प्रत्यक्षतर्फ जितेको १ सिट गरेर कुल ५ वटा सिट पाउने देखिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.