शनिबार, जेष्ठ २,२०८३ 01:16:51
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 01:16:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विशेष ‘मिट एन्ड ग्रीट’मा ब्रायन लाराले गरे डीपलको आधिकारिक ब्याटमा हस्ताक्षर

Laxmi Sunrise Bank Limited
विशेष ‘मिट एन्ड ग्रीट’मा ब्रायन लाराले गरे डीपलको आधिकारिक ब्याटमा हस्ताक्षर
Shivam Cement

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)सँगको सहकार्यमा नेपालमा फ्युचरिस्टिक कार डिपलको आधिकारिक वितरक चाङ्गान नेपालले वेष्टइन्डिजका क्रिकेटर ब्रायन लाराको सम्मानमा कार्यक्रमको आयोजना गरेको छ। याक एण्ड यति होटलमा आइतबार आयोजित उक्त भेलामा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा डीपलका ग्राहकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

विशेष कार्यक्रममा क्रिकेट लिजेण्ड ब्रायन लाराले क्यानका सचिव तथा डीपल इभिजका ब्रान्ड एम्बेसर पारस खड्का र नेपालमा डीपलका मालिक विष्णुकुमार अग्रवालको उपस्थितिमा डीपलको क्रिकेट ब्याटमा हस्ताक्षर गरेका थिए।

कार्यक्रममा क्रिकेट लिजेन्ड लाराले प्रख्यात क्रिकेट होस्ट एन्ड्रयू लियोनार्डसँग क्रिकेटप्रतिको आफ्नो लगाव र अविस्मरणीय कथाहरू साझा गरेका थिए। एनपीएलका क्रिकेटरहरू र अन्य क्रिकेट उत्साहीहरूले ब्रायन लारासँग उनको विरासत र क्रिकेट करियरका बारेमा कुराकानी गरेका थिए।

Bizshala
New Office
CG Motors

इतिहासकै महान क्रिकेटरहरू मध्ये एकका रूपमा लोकप्रिय ब्रायन लाराको उपस्थिति र उनको सफल करियरका कथाहरूले दर्शकहरूलाई मोहित बनाएको थियो।  

नेपालमा बढिरहेको क्रिकेटको उत्साहलाई मनाउन र जारी नेपाल प्रिमियर लिग (एनपीएल)को प्रवर्द्धनका लागि नेपालमा उपस्थित लाराको सम्मानमा कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ। कार्यक्रमको केन्द्रबिन्दुको रूपमा रहेका लाराले डीपल क्रिकेट ब्याटमा हस्ताक्षर गरेका थिए।  

Garima Development Bank
Shivam Cement
IME remit

डीपल १६२ वर्षको विरासत भएको चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी चाङ्गानको भविष्यवादी र बुद्धिमानी उप–ब्रान्ड हो। ८ महिनाअघि नेपालमा लन्च गरेपछि डीपल इभीका ६५० युनिटहरू बिक्री भइसकेका छन् जसमा गाडीहरू मुख्यतया यसको डिजाइन र प्रविधिका कारण ग्राहकको रोजाइमा परेका छन्।

डीपल ईभीजमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले, जेस्चर कन्ट्रोल तथा हेडरेस्ट र आउटडोर स्पिकरहरू लगायत १५ भन्दा बढी पहिलो पटक आविष्कार गरिएका फिचरहरू छन् । जसले यसलाई छोटो अवधिमा नेपाली बजारमा सबैभन्दा लोकप्रिय ईभी बनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.