शुक्रबार, असार २६,२०८३ 11:12:38
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 11:12:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

खराब वित्तीय अवस्थाका बावजुत फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण, ४ महिनामा झण्डै खर्बको कारोबार

Laxmi Sunrise Bank Limited
खराब वित्तीय अवस्थाका बावजुत फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण, ४ महिनामा झण्डै खर्बको कारोबार

काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये फाइनान्स कम्पनीहरुमा लगानीकर्ताको सर्वाधिक आकर्षण बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकको चार महिनाको तथ्याङ्कअनुसार फाइनान्स समूहका कम्पनीहरुको कारोबार उल्लेख्य बढेको छ ।  

कात्तिक मसान्तसम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको ९९ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो साउन महिनाको तुलनामा १५५.६४ प्रतिशत बढी हो । साउनमा फाइनान्स कम्पनीहरुको ३८ अर्ब ९५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  

चार महिनासम्ममा फाइनान्स कम्पनीहरुको सेयर कारोबार सर्वाधिक वृद्धि देखिएको छ । पछिल्लो समय सेयरबजारमा फाइनान्स सेक्टरका कम्पनीको सेयर चलखेल हुने गरेको पाइन्छ । नेपाल फाइनान्स र समृद्धि फाइनान्स जस्ता आधारभुत पक्षमा कमजोर भएका कम्पनीको सेयरमूल्यमा चलखेल भएको विषयले सिंगो फाइनान्स समूह नै यतिबेला बजारमा चर्चित बन्न पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

हल्ला र चर्चाकै कारण चालु आवको पहिलो महिनामा जम्मा ३८ अर्ब रुपैयाँको कारोबार भएको फाइनान्स समूहको चार महिनासम्म अर्थात कात्तिक महिनासम्ममा झण्डै एक खर्बको कारोबार भएको तथ्याङ्कले देखाएको छ ।

सेयरबजारमा टप टर्न ओभरको लिस्टमा प्राय जानकी फाइनान्स, वेष्ट फाइनान्स, नेपाल फाइनान्स र समृद्धी फाइनान्स जस्ता कम्पनीहरु पर्ने गर्छन् । वित्तीय अवस्था कमजोर भएका कम्पनीलाई लिएर सोही कम्पनीकै सेयरभाउ बढाउने ठूला लगानीकर्ता मानिने केही समूह लागिपर्दा फाइनान्स समूहको कारोबार उच्च वृद्धि भएको देखिन्छ ।  

बजारमा अहिले लो क्याप र आधारभूत पक्षमा कमजोर भएका तर चर्चामा रहेको कम्पनी छन्, भने त्यस्तै कम्पनी चल्ने ट्रेण्ड छ । हल्ला र चर्चाकै आधारमा कतिपय लगानीकर्ताहरु फाइनान्स कम्पनीको सेयर अध्ययन तथा विश्लेषण नै नगरी लगानी गर्न तम्सिदा आफ्नो लगानी फस्न सक्ने जोखिम हुन सक्छ । तुलनात्मक रुपमा हेर्दा फाइनान्स समूहका कम्पनीहरुको वित्तीय अवस्था बलियो नभएपनि बजारमा चर्चा भएकै कारण सेयरभाउ भने अप्रत्याशित रुपमा बढीरहेको देख्न सकिन्छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बजारमा कम्पनीहरुको वास्तविक अवस्था नहेरी लगानी गर्ने प्रचलन छ । जुन कम्पनीको सेयरभाउ बढीरहेको छ सबैको आकर्षण त्यसमै भएको पाइन्छ । नाजुक वित्तीय अवस्थाका बाबजुत पनि बजारमा फाइनान्स कम्पनीको दबदबा छ । पहिलो त्रैमासिक रिर्पोट हेर्दा अधिकांश फाइनान्स कम्पनीको इपीएस र खुद मुनाफा ऋणात्मक अवस्थामा छ । यस्तो अवस्थामा पनि लगानीकर्ताले त्यस्ता कम्पनीमा लगानी गर्नु भनेको जानाजान जोखिम निम्त्याए सरह हो ।  

त्यस्तै, दोस्रोमा विकास बैंकहरुको कारोबार १२५.५३ प्रतिशतले बृद्धि भएको छ । चालु आवको पहिलो महिनामा २६ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएकोमा चार महिनासम्म आइपुग्दा विकास बैंकहरुको ५९ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

यसका साथै निर्जीवन बीमा समूहको ११८.३५ प्रतिशत, लगानी समूहको १०९.७५ प्रतिशत, म्युचुअल फण्ड समूहको १०५.८५ प्रतिशत, वाणिज्य बैंक समूहको १०५.४७ प्रतिशत, माइक्रोफाइनान्स समूहको १०३.२९ प्रतिशत, हाइड्रोपावर समूहको १ं०३.१४ प्रतिशत, लाइफ इन्स्योरेन्स समूहको ९७.४४ प्रतिशत, व्यापार समूहको ९५.५२ प्रतिशत, होटल तथा पर्यटन समूहको ९३.९९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ६७.०२ प्रतिशतले सेयर कारोबार वृद्धि भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.